गोल्डेन बुटको दौडमा इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि

गोल्डेन बुटको दौडमा इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि

असार २०, विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने ८ टिमको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेकाे छ । विश्वकपको उपाधिलाई लिएर जति चासो छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ ।

गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । जारी विश्वकपमा उनले गरेकाे गाेल संख्या ६ छ ।  मंगलबार राति भएको खेलमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेपछि गोल्डेन बुटमा केनको सम्भावना बढेको हो ।

कोलम्बियासँगको खेलमा ५७ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका उनले आफ्नो गोलसंख्या ६ पुर्याए । गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पछ्याइरहेका छन् । उनको गोल संख्या ४ छ ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल नै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्