अधुरै रह्यो रमेशको सपना

अधुरै रह्यो रमेशको सपना

मोरङ । मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका वडा नं.४, खोलाटोली निवासी मालती ऋषिदेव सम्भवतः नेपालकै होची महिला हुन् । उनि हाल २० वर्षकी भईन तर उनको उचाई ३२ इन्च मात्र छ त्यसैकारण गरिव परिवारमा जन्मिएकि मालतीको अन्यौलपूर्ण भविष्यलाई लिएर उनका पिता रमेश ऋषिदेव सदा तनावमा हुने गर्दथे ।

रमेशले गत साता टेलिभिजन कार्यक्रम समृद्ध विराटनगरको अन्तर्वाताको क्रममा आफ्नी छोरी मालतीलाई काखमा लिएर भन्दै थिए, हामी मरेर गयौं भने यसलाई कस्ले हेर्छ भनेर । र त्यसको दुई साता नवित्दै तिनै मालतीका लाललनपालनकर्ता तथा पिता रमेश ऋषिदेवको पानीमा डुवेर मृत्यु भएको छ । मालती ऋषिदेव सम्भवतः नेपालकै होचि महिला हुन् तर त्यसको खोजतलास गर्न कोही अगाडि सरेको छैन् । रमेशले मालतीसहित पुरै परिवारलाई छोडेर गएपछि अव उनको परिवार र होचो कदकि मालतीको जीवन गरिवीको चरम भूमरीमा पर्ने निश्चित प्रायः छ । त्यसकारण अव ऋषिदेव परिवारलाई मानवीय सहयोगको अति नै आवश्यकता छ ।

नयाँपुल विशेष : भिडियो सहित ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help