विश्वकप टीम हार जितमा बाजी खेलाउनेलाई प्रहरीले पक्राउ

विश्वकप टीम हार जितमा बाजी खेलाउनेलाई प्रहरीले पक्राउ

असार १९, विश्वकप फुटबल प्रतियोगिताका सन्दर्भमा विभिन्न टीमको हार तथा जितमा सट्टेबाजी खेलाउने व्यक्तिहरु प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको बज्र होटेलमा  फलानो टीमको हार वा जित हुने भन्दै सट्टाबाजी विभिन्न व्यक्तिहरुबाट नगद लाभ लिने तथा दिने (सट्टाबाजी) खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बज्र होटेलबाट  पक्राउ पर्नेमा बालाजु घर भएका  २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्दै आएका २२ वर्षीय रेजिन महर्जन र चागल बस्दै आएका २५ वर्षका सुजेन शाही रहेका छन् ।

उनीहरुको साथबाट नगद ६ लाख ९९ हजार रुपैयाँ सहित ४ थान मोबाइल बरामद गरिएको थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्