भाैतिक पुर्वधार निर्माणका कामलाई अगाडि बढाउदै ॐ जन जागरण नेपाल

भाैतिक पुर्वधार निर्माणका कामलाई अगाडि बढाउदै  ॐ जन जागरण नेपाल

कविता पाेखरेल ।

हिन्दु स‌ंरक्षण तथा धर्म परिवर्तन बिरुद्ध महाअभियान ॐ जन जागरण नेपालका केन्द्रिय सचिव राम्जी धमला वसन्त को पहल मा ॐ जन जागरण नेपाल र स्थानीय स्तरको सहकार्यमा ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका वडा न ‍‍४ सिस्नेरी घ्याम्पाडाडा र नयाँवस्तीको बिचमा शिव मन्दिर निर्माण भैइरहेको छ ।

उक्त मन्दिर तीन वटा गाउँलाई समेट्ने गरि बनाईएको हो । मन्दिर निर्माण लागि सहजता होस् भनी त्यहीका स्थानीयवासीहरुलाई भेला गरि पुण्डरी प्रसाद तिम्सिनाको नेतृत्वमा ९निर्माण कमिटी गठन र स्यम राम्जी धमला को नेतृत्वमा नै ५ जनाको आर्थिक कमिटी गठन गरि काम अगाडि बढाईएको छ । उक्त मन्दिरको ग्रान डिजाईन स्व‌ं‌‍‌‌+म राम्जी धमला वसन्तले गर्नु भएको थियो । भने जो मन्दिरको निर्माणको लागि करिब दस आना बराबर को जग्गा सोहि स्थानका अन्दाजी ५५ वर्षिय नन्दीकिशाेर तिम्सिना ज्यु ले दान गर्नु भएको छ । मन्दिर आधुनिक स्तरको बनाउन लागिएको हो भने मन्दिरसंगसगै अरु पनि केही काम गर्न लागिएकोले कति लगानी लाग्छ भन्ने एकिन नरहेको र काम गर्दै जादा अपुग भएमा थप गरि कामलाई अगाडि बढाउने सम्मेत तयारी गरिएको ॐ जन जागरण नेपालका सचिव एबम मन्दिर निर्माण समितिका प्रमुख राम्जी धमला बसन्त ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्