दक्षिण एसिया नै एकढिक्का भए संचारमा फड्को मार्न सकिने: मन्त्री

दक्षिण एसिया नै एकढिक्का भए संचारमा फड्को मार्न सकिने: मन्त्री

असार १९,  मंगलबारदेखि दक्षिण एसियाली दूरसंचारको कार्यशाला काठमाडौंमा सुरु भएको छ ।

उद्घाटन सत्रमा बोल्दै सूचना, संचार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा, नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, एसिया प्यासिफिकका महासचिव अर्विन हाओराङ्सी, सूचना, संचार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले दक्षिण एसियालाई एकढिक्का बनाएर अगाडि बढ्न सके संचारमा फड्को मार्न सकिने विचार राखे ।

बाँस्कोटाले पहुँचयुक्त, सस्तो र सबैले प्रयोग गर्न सक्ने किसिमको संचार सेवा दिनुपर्नेमा जोड दिएका छन् ।

तीन दिनसम्म चल्ने कार्यशालामा दक्षिण एसियाका विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गर्ने छन् भने त्यसभित्र रहेर छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्