भौतिक पुर्बाधारको बिकासमा जोड दिदै, गोकुलगंगा गाउँपालिका

भौतिक पुर्बाधारको बिकासमा जोड दिदै, गोकुलगंगा गाउँपालिका

रचना तिमल्सिना ।

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले भैतिक पुर्बाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ ।

गाउँपलिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न ५ शैयाको अस्पताल संचालनमा आइसकेको छ । कोरोना महामारी पछि स्वास्थ्य क्षेत्रको महत्वलाई बुझेर गोकुलगंगा गाउँपालिकाले ५ शैयाको अस्पताल संचालनमा ल्याएको हो । गाँउपालिकाले अस्पतालको लागी एक जना डाक्टर,नर्श लगायतको कर्मचारीहरु नियुक्त गरिसकेको छ । गाउँपालिमा सडकलाई पचि गर्ने र स्तोरोन्नती गर्ने कार्य धमाधम भईरहेको छ ।

यहाको सडक, शिक्षा, स्वास्थ्य लगायतका पुर्वाधारको अवस्था हेर्दा समृद्ध गोकुलगंगा गाउँपालिकाको सपना छिट्टै पुरा हुने आँकलन गर्न सकिन्छ । विगतका दिनहरुमा विकास निर्माणको अभावका कारण यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो । तर स्थानिय तहको निर्वाचन पछि गोकुलगंगा गाउँपालिकाले कुशल नेतृत्व पाएको छ । स्थानिय सरकारको गठन भएपछि जनप्रतिनिधिको सक्रियताले गोुकलगंगाको मुहार फेरिन थालेको छ ।अहिले गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानि तथा सडक जस्ता विकासका पुर्वाधारहरुको निर्माण कार्य धमाधम जारी छ ।  विगतमा जनताहरुले खेपेको सास्ति अहिले स्थानिय तहको निर्वाचन पछि अन्त्य भइसकेको छ । विश्वभर फैलिएको कोरोना महामारीको असर गोकुलगंगा गाउँपालिकामा पनि प¥यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिका लागि परिहेको छ । गाउँपालिकामा रहेका पर्यटकिय स्थलहरुको पहिचान गरि ति ठाउँहरुमा सडक पु¥याउने लगायतका भौतिक संरचना निर्माण गर्ने गाउँपालिको योजना छ ।

गोकुलगंगा गाउँपालिका एउटा सुन्दर गाउँपालिका मात्र नभएर आपार सम्भावना भएको गाउँपालिका पनि हो । याहा १८ सय मेगावाटको ठोसे जलविद्युत आयोजना बन्ने क्षमता जलासय रहेको छ । यस्तै चर्चित ठोसे फलाम खानी र विविध किसिमका जडिवुटि लगायत संभावनाहरुलाई संघिय सरकारबाटै परिचालन गर्न सकेमा थोरै समयमा गोकुलगंगा समृद्धिको बाटोमा लम्कने निश्चित छ ।  सुन्दर र समृद्ध गोकुलगंगा गाउँपालिका निमार्ण गर्न जनप्रतिनिधिको सक्रियता सँगै आम गोकुलगंगाबासिको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको अध्यक्ष सुनुवारले बताउनुभयो । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष सुनुवारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्