बिकास र समृद्धिमा एक कदम अगाडि छ, कपिलवस्तुको यसोधरा गाउँपालिका

बिकास र समृद्धिमा एक कदम अगाडि छ, कपिलवस्तुको यसोधरा गाउँपालिका

रचना तिमल्सिना ।

कपिलवस्तुको यसोधरा गाउँपालिका बिकास र समृद्धिमा एक कदम अगाडि रहेको गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार यसोधरालाई समृद्ध गाउँपालिका निर्माण गर्न स्वास्थ्य, शिक्षा, खानेपानि, सडक, बिद्युत, सिंचाई लगायतको पुर्वाधारलाई तिब्र गतिका साथी अघि बढाइएको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको यसोधरा गाउँपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । गाउँपालिकाले विषयगत शिक्षकको ब्यवस्था पनि गरेको छ । गाउँपालिकाबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । गाउपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम पनि तिब्र गतिमा भइरहेको छ । त्यस्तै गाउँपालिकाले पक्की पुलहरुको निर्माण कार्य पनि थालनी गरेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुराउन स्थानिय सरकारकै पहल र संघिय सरकारको सहयोगमा सुबिधा सम्पन्न अस्पताल भवनको शिलान्यास पनि भईसकेको छ ।

अध्यक्ष पाण्डेयले जनताका विच गरेका प्रतिवद्धताहरु पूरा हुंदै गएको बताएका छन् । गाउंपालिकाको अध्यक्ष पदमा जिम्मेवारी सम्हालेको एक वर्षको यो दौरानमा आफुले गाउं गाउं र टोल टोलमा विकासको लहर सृजना गरेको साझा न्यूजसंग कुरा गर्दै उनले दावी गरेका छन् । विकासको गतिमा पछि परेको यशोधरा गाउंपालिकाका हरेक वडा र गाउं वस्तीहरुमा अहिले. बाटोघाटोका सुविधा पुर्याउने काम तिव्र गतिमा अघि बढेको छ । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम अनुसार भौतिक पूर्वाधारमा आफुले विशेष जोड दिंदै सडक संजाल बलियो बनाउने तर्फ आफु लागेको उनले बताए ।

कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष पाण्डेयको योजना छ ।

प्रतिक्रिया दिनुहोस्