बिगतको तुलनामा विकसित हुँदै, रुपन्देहीको शुद्धोधन गाउँपालिका

बिगतको तुलनामा विकसित हुँदै, रुपन्देहीको शुद्धोधन गाउँपालिका

रचना तिमल्सिना ।

जननिर्वाचित जनप्रतिनिधी पाएसँगै सामान्य रुपमा रहेको रुपन्देहीको शुद्धोधन गाउँपालिकाले दर्जनौं क्षेत्रहरुमा परिवर्तन र विकास गर्न सफल भएको छ । कर्मचारी र जनप्रतिनिधीको राम्रो सम्बन्ध रहेको गाउँपालिकाले पछिल्ला तीन बर्षमा देखिने तथा नदेखिने धेरै क्षेत्रहरुको विकासमा उलेख्य कार्यसम्पादन गर्दै समृद्ध शुद्धोधनको लागिबाटो पहिल्याउँदै गएको छ । गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीका अनुसार विभिन्न किसिमका कार्यहरु सम्पादनमा उपभोक्ताको प्रत्यक्ष संलग्नतालाई मध्यनजर गरी ७० भन्दा बढी उपभोक्ता समिति गठन गरी परिचालन गरिएको छ । आर्थिक पारदर्शिता र आवश्यकता अनुसारका योजनाहरु स्पष्टताको लागि बेला बेलामा सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण गर्दै सु–शासनयुक्त स्थानीय सरकार निर्माणका लागि आवश्यक गतिविधीहरु सञ्चालनमा गर्दै आएको छ ।

बिगतको तुलनामा विकास निर्माणको कार्यहरुमा फड्को मारेको अध्यक्ष चौधरीले बताउनु भयो । उहाँका अनुसार गाउँपालिमा शैक्षिक क्षेत्रको बिकासको लागि स्थानिय सरकारकै पहलमा सुबिधा सम्पन्न बिद्यायालय भवनको निर्माण भइसकेको छ । प्राबिधिक एबम गुणस्तरिय शिक्षामा जोड दिएर काम गरिहरको अध्यक्ष चौधरीले बताउनुभयो । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाँउपालिकाकै पहलमा सुबिधा सम्पन्न १५ शैयाको अस्पतालको शिलान्यास भइसकेको छ । गाउँपालिकाले खानेपानीको सुबिधा सबै जनतामा पुर्याउन एक घर एक धाराको अभियाना संचालन गरेर काम गरिहेको छ । गाउँपालिकाले कृषी तथा पशुपालनकोलागि किसानहरुलाई अनुदान दिई युवाहरुलाई कृषि तथ पशुपालन तर्फ आर्कषित गरिरहेको गाउँपालिका अध्यक्ष चौधरीले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिएसँगै युवाहरुलाई गाउँपालिकास्तरमै रोजगार र बिपन्न बर्गको जीवनस्तरलाई माथि उकास्न सहयोग पुगेको छ ।

पर्यटकीय सम्भावना बोकेको दरबाह क्षेत्रको गुरुयोजना तयार गरी सोही अनुसार पर्यटकीय विकासको लागि भौतिक संरचना निर्माण, उद्यान निर्माण, ढुङ्गा सञ्चालन लगायतका कामहरु भैरहेको जानकारी गराउँदै अध्यक्ष चौधरीले व्यक्तिगत घटना विवरणहरु सबै वडा कार्यालयहरुबाट अनलाई प्रणालीबाट दर्ता गराउने कामको सुरुवात भई निरन्तर चलिरहेको बताए । चौधरीले भने– गाउँपालिकाका सबै आम्दानीहरु सफ्टवेयर मार्फत विद्युतीय माध्यमबाट राख्ने व्यवस्था मिलाएका छौं । पालिकाका सबै खर्चहरु नेपाल सरकारले तोकेको सुत्र प्रणालीबाट परिविष्ट गरेर मात्र खर्च गर्ने हुँदा आर्थिक पार्दशिताका लागि हामीलाई थप मद्दत पुगेको छ । भवन तथा घरलाई दीगो रुपमा टिकाउने प्रवन्धको लागि मापदण्ड बनाएर भवन निर्माण आचारसंहिता लागू गरी नक्सा पास गरेर मात्र निर्माण गर्ने व्यवस्थाको सुरुवात भएको छ । गाउँपालिकाको प्रमुख प्रशासनिक भवन, बहुउद्देश्यीय सभाहल निर्माण, १ र ४ नम्बर सम्मका वडा कार्यालयहरुको भवन निर्माणको काम अन्तिम चरणको पुग्नुको साथै ३ नं. वडा कार्यालयको भवन निर्माण कार्य सुरु भएको छ । स्वास्थ्य क्षेत्रमा पहुँच बृद्धि र प्रभावकारी सेवा प्रवाहको लागि औषधी अभाव नहुने गरी आवश्यक व्यवस्था, वार्ड नं. १ र ३ मा स्वास्थ्य चौकीको भवन निर्माण कार्य चालु आर्थिक बर्षभित्र सम्पन्न गरी काम सुरु भैसकेको छ ।

कोरोना महामारिमा गाउँपालिकाले नागरिकहरुलाई मास्क, सेनिटाइजरको बितरण राहात सामग्री वितरण,आर डि टि , पिसिआर परिक्षण लागायतका कामहरु गरेको थियो । अहिले गाउँपालिका कोरोना भाईरसमुक्त भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्