समृद्ध बन्दै, रुपन्देहीको मायादेवी गाउँपालिका

समृद्ध बन्दै, रुपन्देहीको मायादेवी गाउँपालिका

रचना तिमल्सिना ।

रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकाले चाडै समृद्ध बन्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले बताउनु भयो ।

समृद्ध बन्ने योजना अनुसार गाउँपालिकाले सबै नागरिकहरुलाई खानेपानीको सुबिधाका पुर्याउन एक घर एक धाराको अभियान संचालन गरेको छ । गाँउपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको काम तिब्र गतिमा भैरहेको र पुराना सडकहरुको स्तरोन्नतिको काम पनि जारि रहेको छ । कृषी तथा पशुपालनमा स्थानिय नागरिकहरुलाई आकर्षित गर्न किसाानहरुलाई अनुदान र बीउ बिजन वितरण गरिरहेको छ गाउँपालिकाले । यस्तै गाउँपालिकाले पर्यटन तथा धार्मिक क्षेत्रको बिकास तथा प्रचार प्रसार गर्ने योजना पनि बनाएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनु भयो छ ।

उहाँका अनुसार स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न १५ शैयाको अस्पतालको सिलन्यास गरिएको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिपालिकाको पहलमा सुबिधा सम्पन्न बिद्याालय भवनको निर्माण तथा प्राबिधिक एवम गुणस्तरिय शिक्षामा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्