विकसित बन्दै सन्दकपुर गाउँपालिका

विकसित बन्दै सन्दकपुर गाउँपालिका

कविता पोखरेल ।

इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा बिकासको गतिले तिब्रता लिएको गाउँपालिकाका अध्यक्ष उदय राई ले बताउनु भएको छ ।

उहाका अनुसार स्वास्थ्यको क्षेत्रमा गाउँपालिमा सुबिधा सम्पन्न १५ शैयाको अस्पतालको संचालन भयसकेको छ । यस्तै सडक पुर्वाधारमा गाउँपालिकाको सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्म्पन्न भैसकेको र कालो पत्रेको काम पनि अगाडि बाढीरहेको छ । यस्तै शैक्षिक क्षेत्रको बिकासको लागी प्रासवधिक शिक्षामा जोड दिदै सुबिधा सम्पन्न  बिद्यालय भवनको निर्माण गरिएको छ । बिद्युत सेवाको लाइन बिस्तारको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छ र बाकी काम पनि २–३ महिना भित्रै गरि सक्ने अध्यक्ष राइले बताउनु भयो ।

गाउँपालिकाको भवन र सबै वडा कार्यालय भवनको निर्माण कार्य सम्मपन्न भैसकेको छ । कृषी तथा प्रयटन क्षेत्रको बिकास गरि युवालाइ स्थानिय स्तरमै रोजगारिको ब्यवस्था गर्ने पालिकाको मुख्य योजना रहेको छ। कोरोना महामारीमा उदाहरणिय काम गरेको पालिकाले मास्क, सेनिटाइजरको बितरण राहात सामग्री वितरण ,आर डि टि , पिसिआर टेस्ट लगातयको कामबाट कोरोना भाइरसलाइ नियन्त्रणमा लिएको थियो। आगामी दिनमा कोरोना महामारीको असरलाई कम गर्दै बिकास र समृद्धि तर्फका कामहरु पालिकाले अगाडि बढाउने अध्यक्ष राईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्