क्यानडाको संसदले आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने

क्यानडाको संसदले आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने

असोज १४, एजेन्सी– क्यानडाको संसदले म्यानमारको नेता आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । म्यानमारमा चलिरहेको रोहिंग्या संकटको पृष्ठभूमिमा यो कदम उठाइएको हो ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ सान सुकीलाई क्यानडाको संसदले सन् २००७ मा मानार्थ नागरिकता दिइएको थियो । अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायबिरुद्ध म्यानमारको सेनाले गरेको अत्याचारमा मौनता साधेको कारण सुकी पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा निक्कै आलोचित भएकी छिन् ।

उनलाई अन्तर्राष्ट्रिय स्तरमा म्यानमारमा सैन्य कारबाहीको निन्दा गर्न पनि दबाव थियो तर उनले यो मुद्धामा केही बोलिनन् । क्यानडाले अघिल्लो हप्ता रोहिंग्या दमनलाई ‘नरसंहार’ घोषित गरेको थियो ।

यसबारे क्यानडाको विदेशमन्त्री क्रिस्टिना फ्रिल्याण्डको प्रवक्ता एडम अस्टिनले आइतबार भने, ‘सन् २००७ मा हाउस अफ कमन्सले आङ सान सुकीलाई क्यानडाको मानार्थ नागरिकता दिएको थियो । शुक्रबार सदनले सर्वसम्मतिबाट नागरिकता फिर्ता लिने प्रस्तावमा मतदान गर्यो ।’

क्यानडाको हाउस अफ कमन्सको यो निर्णय त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रडूको बयानको एक दिन पछि आयो । बयानमा ट्रडूले सदनले आङ सान सूकी मानार्थ नागरिकता हासिल गर्न लायक छिन् कि छैनन् बारेमा विचार गर्न पर्ने बताएका थिए ।

Revatio online, generic lioresal.

प्रतिक्रिया दिनुहोस्