समृद्धि तर्फ लम्कदै कोहलपुर नगरपालिका

समृद्धि तर्फ लम्कदै कोहलपुर नगरपालिका

रचना तिमल्सिना।

बाँके जिल्लाको कोहलपुर नगरपालिकाका मेयर  लूट बहादुर रावतले नगरपालिकाले आफ्नो समृद्धि तर्फको यात्रालाइ अगाडि बढाइरहेको बताउनु भएको छ ।

उहाँका अनुसार नगरलाई समृदी तर्फ को यात्रामा अगाडि बढाउन बिकासका पुर्बाधारहरु शिक्षा ,स्वास्थ, सडक, खानेपानी लगातका कार्यहरुलाई नगरले तिव्रता दिएको छ । सोही अनुरुप नगरले बिधालय भवनको निर्माण गरि प्राबिधिक एबम गुणस्तरिय शिक्षाको ब्यवसथा गरेको छ । नगरपालिकाकामा सुबिधा सम्पन्न बर्थिङ सेन्टर र अस्पतालको ब्यवस्था गरि स्वास्थ क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएको छ नगरपालिकाकाले ।

त्यस्तै सबै वडाबाट पालिकाको केन्द्र सम्म पुग्ने सडकको काम सम्पन्न भईकेको छ । नगरको वडा न २ मा सुबिधा सम्मपन्न कबड हलको निर्माणको कार्य पनि सम्पन्न भइसकेको छ । । कृषी तथा पशुपालनको लागि किसानहरुलाई बिना धितो र बिना ब्याज ऋण दिने ब्यवस्था पनि नगरले गरेको छ । नगर तथा सबै वडाको भवन निर्माण कार्य पनि सम्पन्न भैसकेको छ । नगरले भावी दिनमा पनि जनताको मावना अनुसार काम गर्दै जाने नगरपालिकाका मेयर रावतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्