डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

असोज १४, डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेशमा पर्ने पशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा पशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१०, कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् । फरार जोशीको इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्ला प्रहरी कार्यालय, डडेल्धुराको संयुक्त टोलीले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिए । periactin no rx, lioresal online.

प्रतिक्रिया दिनुहोस्