सहुलियत पसल शुक्रवारेदेखि

सहुलियत पसल शुक्रवारेदेखि

असोज १४, काठमाडौं । दशैंको बेला उपभोक्ताहरुलाई खाध्य लगायतका वस्तुहरुविक्री वितरण गर्न सरकारले यहि शुक्रवारदेखि सहुलियत पसलहरु संचालनमा ल्याउने भएको छ । नेपाल खाद्य संस्थानले सहकारीहरूसँग सहकार्य गरेर सबै प्रदेशमा सहुलियत पसल राख्ने र दुग्ध विकास संस्थानले आफ्ना भण्डार रहेका ठाँउहरूबाट उपलब्ध गराउने छ।

शुक्रवारदेखि सुरु हुने त्यस्ता पसलमा पाइने सामान र बजार मूल्यबीच हुने मूल्यको फरकबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, मोटा चामलमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, बासमती चामलमा १० रुपैयाँ, खसी बोका प्रतिकेजी १० रुपैयाँ सरकारको तर्फबाट छुट दिएर उपलब्ध गराइने छ। दुग्ध संस्थानले घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ प्रतिकेजी छुट दिनेछ।

यसरी उपलब्ध गराइने सामानमध्ये प्रतिपरिवार ६ किलो चिनी, ६ किलो नुन र ३० केजी चामल सस्तो मूल्यमा लिनसक्ने बताइएको छ। त्यसका लागि सरकारले खाद्य संस्थानलाई २ करोड र साल्ट ट्रेडिङलाई १ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने छ।

generic sildenafil, cheap zithromax.

सरकारले राख्ने यस्ता पसलहरु सहरकेन्द्रित रूपमा मात्रै राख्न लागिएको भन्दै आलोचनासमेत भएको छ। उपभोक्ता अधिकारकर्मी कृष्ण खनालले सरकारले सहुलियत पसलको सस्तो प्रचारमात्र गरेको र उपभोक्ताहरुलाई वास्तविक सहुलियत नदिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.