किसानलाई विना धितो ऋण दिदैं ऐसेलुखर्क गाउँपालिका

किसानलाई विना धितो ऋण दिदैं ऐसेलुखर्क गाउँपालिका

खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकाले आफ्नो बिकास र समृद्धिको यात्रा अगाडि बढाइरहेको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताउनु भयो ।

उहाका अनुसार गाउँपालिकाको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न भै सकेको छ । सबै वडामा सुबिधा सम्पन्न अस्पतालको ब्यवस्था गरि सकेको छ ।

त्यस्तै एक घर एक धारा को रणनीति लागू गरि खानेपानीको ब्यस्था पनि गरि सकेको छ । बिधुतिय सेवा सबै पालिकाबासीमा पुगिसकेको छ भने शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण गरिएको छ ।

कृषी तथा पशुपालन को लागि पनि किसान हरु लाई बिना धितो र बिना ब्याज ऋण दिने जस्ता कामहरु पालिकाले थालेको छ । भावी दिनमा यी लागायत यस्तै बिकास र समृद्धि तर्फका कामहरु पालिकाले अगाडि बढाउने अध्यक्ष निरौलाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्