जनता डुबानमा सरकारमा बसेकाले भन्छन् स्वभाविक हो

जनता डुबानमा सरकारमा बसेकाले भन्छन् स्वभाविक हो

असार १८, विगत तिन दिन देखिको भारी वर्षाका कारण आर्थिक राजधानी वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

यसका कारण सर्वसाधारणले धेरै सास्ती भोग्नु परेको छ ।

वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ ।

वर्षेनी नगर क्षेत्र डुबानमा पर्ने गरेको भएपनि समस्या समाधानका लागि महानगरपालिकाले ठोस योजना ल्याउन नसकेको नगरबासीको गुनासो छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषालले भने समथर भू–भाग भएका कारण पानी जम्ने समस्या देखिएको बताए । ‘समथर जमिन छ, पानी पर्दै गएपछि नदीको बहाव बढ्छ, स्वाभाविक रुपमा केही समय पानी त जम्छ नै,’ उनले भने, ‘बिहानैदेखि सरसफाई कर्मचारीहरुलाई फोहोरले जाम भएको नाला खोल्न लगाइएको छ ।

आवश्यक उपककरणहरु समेत तयारी अवस्थामा राख्न भनिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

cheap essay help