मेस्सी र रोनाल्डो पछि : नेइमार को के होला ?

मेस्सी र रोनाल्डो पछि : नेइमार को के होला ?

काठमाडौं । आज (सोमबार) साझ विश्वकपको प्रि–क्वाटर फाइनल अन्तर्गत ५ पटकको विश्व विजेता बन्न सफल दक्षिण अमेरिकी राष्ट्र ब्राजिल र मेक्सिको आमनेसामने हुन केहि समय छदा सबैको ध्यान ब्राजिलका स्ट्राइकर नेइमारतिर केन्द्रित भएको छ । अर्जेन्टिनाका स्टार स्ट्राकर लियोनल मेस्सी र पोर्चुगिज स्टार फुटवलर क्रिस्टियानो रोनाल्डोले रसिया विश्वकपको प्रि– क्वाटर फाइनलबाटै बाहिरिए पछि प्रतियोगिताकै चर्चित खेलाडी नेइमारको के होला ? भन्ने चर्चा यतिखेर जताततै छ । मेक्सिकोले नेइमारलाई रोक्न आज हरतरहको प्रयास गर्ने रणनिति बनाउन लागि परेको छ । मेक्सिकोले नेइमार आफै लड्न, छक्याउन तथा अतिरंजित फउल गर्न माहिर खेलाडी भएको भन्दै, उनलाई ध्यानपूर्वक हेर्न रेफ्रीलाई समेत भनेका छन् ।

अर्जेन्टिना, जर्मनी र स्पेनजस्ता महाशक्तिहरुको बहिर्गमनको फाइदा उठाउदै ६ पटक विश्वकप ट्रफि उचाल्ने दाउमा रहेको ब्राजिलले आफ्नो रक्षापंक्तिलाई थप मजबुत बनाउने रणनिति बनाइरदा नेइमारलाई नै केन्द्रविन्दुमा राखेकोे छ । उता ब्राजिललाई प्रतियोगिताबाट विदाई गर्ने दाउ रहेको मेक्सिको पहिलो पटक क्वाटर फाइनलसम्म पुुग्ने लक्ष्यका साथ अगाडि बढेको छ । २०१४ को विश्वकपमा पनि मेक्सिको र ब्राजिल समूहचरणमा आमने–सामने हुँदा गोलरहित बराबरी खेलेका थिए । त्यसअघिका तीन भिडन्तमा भने ब्राजिलले बाजी मारेको थियो । मेक्सिकोका क्पतान ग्वाडार्डीले ‘हामी इतिहास रच्न आएका हौं र त्यसका हामी सबै रणनीति प्रयोग गर्नेछौं । भन्दै ब्राजिललाई कडा टक्कर दिने संकेत गरेका छन् । अनौंठा नतिजाहरु व्यहोरी रहेको रसिया विश्वकपमा आज मेक्सिकोले विश्व विजेता ब्राजिललाई पराजय गरेमा खासै नौलो घटना हुने छैन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help