परिवार छुट्याउने सरकारको निर्णय फिर्ता लिन माग गर्दै न्युयोर्कमा र्याली

परिवार छुट्याउने सरकारको निर्णय फिर्ता लिन माग गर्दै न्युयोर्कमा र्याली

असार १७, अमेरिकाका विभिन्न सहरहरुमा आप्रवासीको नीतिलाई लिएर  विशाल विरोध प्रदर्शन भएको छ । अमेरिकाको लसएन्जल्स, वासिङटन, न्युयोर्क लगायतका प्रमुख सहरहरुमा सात सयभन्दा बढी विरोध र्याली निकालिएको छ ।

एक दर्जनभन्दा बढी समुहहरुले परिवार छुट्याउने किसिमको अमेरिकी प्रशासनको निर्णय सही नभएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले परिवारलाई छुट्याउने सरकारको निर्णय फिर्ता लिनको लागि माग गरेका थिए ।

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले अमेरिकाको आप्रवासी सम्बन्धीसँगै अमेरिकामा दुई हजार बालबालिकाहरु अभिभावक विहीन भएको विवरण सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.