कोरोनाका कारण रोजगार गुमाएकाहरु गाउँमै रोजगारको अवसरः वडाध्यक्ष राकसकोटी

कोरोनाका कारण रोजगार गुमाएकाहरु गाउँमै रोजगारको अवसरः वडाध्यक्ष राकसकोटी

पल्लिकोट, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं २ पल्लिकोट कोभिड १९ विरुद्ध सक्रिय रुपमा लागेको छ । कोरोना संक्रमण विरुद्ध जनतादेखि जनप्रतिनिधिसम्मको तालमेल मिलेकोले काम गर्न अझ सहज भएको वडा अध्यक्ष रुक बहादुर राकसकोटीले बताउनुभयो ।

वडामा १ जनाको कोरोना पोजेटिभ देखिएको र ४ दिन क्वारेन्टाइनमा राखेर उनको पुनः कोरोना परिक्षण गर्दा कोरोना नेगेटिभ देखीएको उहाँको जानकारी दिनुभयो । “उक्त केस बाहेका हालसम्म पल्लिकोटमा कसैलाई पनि कोरोना संक्रमण देखिएको छैन”, उहाँले भन्नुभयो । वडा कार्यालयले अहिले नेपाल भित्र बाट आउनेहरुलाई होम क्वारेन्टाईन र भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुलाई वडाले नै निर्माण गरेको होल्डीङ सेन्टरमा राख्ने गरेको छ । उनिहरुको पिसिआर परिक्षण पछि मात्रै घर पठाउने गरिएको बडाध्यक्ष राकसकोटीले जानकारी दिनुभयो ।

बिकास निर्माणका कार्यमा खटिएर लाग्ने बेलामा कोरोना महामारी अभिषाप बनेर आएको उहाँले बताउनुभयो । “धेरै कामहरु गर्ने समय हो तर कोरोना महामारीको कारण बिकास निर्माणमा बिनियोजन गरिएका रकमहरु कोरोना बिरुद्धको कार्यमा खर्च गर्नुपरेको छ”, उहाँले भन्नुभयो । स्वास्थ्य क्षेत्रमा पनी स्वास्थ्यचौकीहरुले भने जस्तो सुविधा दिन नसकेको उहाँको भनाई छ । ‘शिक्षा क्षेत्र पुरै ठप्प छ,’ उहाँले भन्नुभयो । विद्यार्थीको हरु ध्यान अन्यन्त्र जादाँ पहिले पढेका कुराहरुको विर्सीन सक्ने खतरा बढेकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभयो । हालसम्म भएका कामहरुमा वडावासिहरु सन्तुष्टनै रहेको उहाँले दाबी गर्नुभयो ।

कोरोनाको थप नियन्त्रण तथा न्यूनिकरणको लागि वडा कार्यालयले विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेको छ । मास्कको प्रयोग, साबुनपानीले हात धुने, भौतिक दुरि कायम गर्ने, अनावश्यक बाहिर ननिस्कने लगायतका विषयहरूमा स्थानीयहरूलाई सुसुचित गराइरहेको उहाँले जानकारी दिनुभयो । सबैजना एकजुट भएका कारण क्वारेन्टाइन निर्माणदेखि राहत वितरण लगायतको काम प्रभावकारी तरिकाले भएको अध्यक्ष राकसकोटीले दाबी गर्नुभयो । यो संकटको बेला सबै काम पूर्णरुपमा भने गर्न नसकिएको उहाको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थालाई लिएर मजदुर, व्यापार व्यवसायी सम्पूर्ण व्यक्तिहरूको गुनासो छ । काम गरेर खाने मान्छेले काम गर्न पाएका छैनन् । विकास निर्मार्णका कामहरू रोकिएका छन् । त्यसैले अब महामारीलाई नियन्त्रण गर्दै विस्तारै सबै कामहरू अगाडि लैजाने योजना छ’, अध्यक्ष राकसकोटीले भन्नुभयो । सत्य तथ्य कुराहरू जनतासामु पुर्याउने काम मिडियाले नै गर्नेभएकाले स्थानीय सरकार र मिडियाबिच सहकार्य राम्रो हुनुपर्ने उहाँको तर्क छ । उहाँले सम्पूर्ण वडावासीहरुलाई कोरोनाबाट बच्न साबधानी अपनाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्