दिल्लीबाट आयो मुटु नै काप्ने दुःखद खबर

दिल्लीबाट आयो मुटु नै काप्ने दुःखद खबर

असार १७, अचम्म खालको समाचार आउनु कुनै ठुलो कुरा होइन तर यसपटक नयाँ दिल्लीको घटना सुनेपछि कसैलाई पनि आश्चर्य नलाग्ला भन्न सकिदैँन । नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ ।

बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले बताएका छन् । प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान एक जना छिमेकीले घरको आँगनमा जालमा केही शव झुण्डिएको देखेपछि तुरुन्त वरपरका बासिन्दालाई बोलाएको र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा घरको ढोका खुल्लै थियो । केही शव घरको आँगनमा झुण्डिएको जालमा अवस्थामा थिए भने केही शव घरभित्र पंखामा झुण्डिएका थिए । प्रारम्भिक अनुसन्धानमा प्रहरीले यसलाई आत्महत्या भएको अनुमान गरेको छ ।

तर, वास्तविकता भने पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.