भारतको जित, शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै

भारतको जित, शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै

असोज १२, एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचाल्यो ।

भारतको जितमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे । केदार जाधव २३ र कुलदीप यादव पाँच रन बनाउँदै नटआउट रहे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले राम्रो सुरुआत गरेको थियो । उसको पहिलो विकेट १२० रनमा गुमेको थियो । तर बंगलादेशले ठूलो स्कोर खडा गर्न सकेन ।

बंगलादेश ४८ ओभर ३ बलमा २२२ रनमा अलआउट भयो । लक्ष्य पछ्याएको भारतले ५० ओभरमा २२३ रन बनाएर जित हासिल गर्‍यो ।

buy Kamagra Gold, order clomid.

प्रतिक्रिया दिनुहोस्