किन लगायाो ? माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा अंकुश

किन लगायाो  ? माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा अंकुश

असार १६, माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ। मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको सरकारी अधिकारीले बिहीबार जनाएका छन्।

सो सरकारले हालै एउटा कानुन ल्याएर यस्ता कार्यक्रमहरूको व्यवस्थापन, मनोरन्जन र उत्पादनका क्षेत्रमा वैदेशिक लगानीलाई नियन्त्रण गरेको छ।

माल्दिभ्सका आर्थिक तथा विकास मन्त्रालयले मनोरञ्जन क्षेत्रको काम, कार्यक्रम व्यवस्थान, श्रव्यदृश्य सामग्री उत्पान, भाडामा दिने, संगीतसम्बन्धी सामग्रीहरूको उत्पादन र विक्री वितरण गर्ने कामहरूमा ठूलो मात्राको बैदेशिक लगानी प्रतिबन्ध गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्