जासुसी कथाले मानिसको दिमाग हल्लाउने: पुरा पढ्न लिंकमा क्लिक गर्नुहोस्

जासुसी कथाले मानिसको दिमाग हल्लाउने: पुरा पढ्न लिंकमा क्लिक गर्नुहोस्

असोज ११, जासुसी कथाहरुले मानिसको दिमाग हल्लाउने गर्छन्। ति कथाहरुमा कमेडि पनि हुने गर्छ। त्यस्ता कथाहरुमा महिलाको भूमिकालाई महत्वका साथ राखिएको पनि हुन्छ। यी त काल्पनीक कथाका कुरा भए। तर विश्वमा केही महिलाहरु आफ्नो वास्तविक जीवनमा पनि खतरना जासुसको भूमिकामा रहे।

डबल एजेंट ‘माता हारी’
मार्गेथा गीरत्रुइदा मेकलियोड जो ‘माता हारी’ को नामले परिचित छन्। माता हारी एक कामुक नृत्यंगना थिइन्। जसको प्रथम विश्व युद्धमा जासुरी गरेको आरोपमा गोली हानेर हत्या भयो। उनको जीवनमा आधारित रहेर सन् १९३१ मा हलीउड फिल्म बनेको थियो। जसमा ग्रेटा गर्बोको मुख्य भूमिका थियो।

मार्गेथाको जन्म हल्याण्डमा भएको थियो। उनको विवाह सेनाका क्याप्टेनसँग भयो। सन् १९०५ मा उनले आफुलाई ‘माता हारी’ को नाम दिइन् र इटलीको मिलान स्थित ला स्काला र पेरिसको ओपेरामा कामुक नर्तकीको रुपमा उभिइन्। उनलाई आफ्नो पेसाका कारण थेरै काम गर्न सजिलो थियो। यसैले जर्मनीले प्रथम विश्व युद्धका दौरान उनलाई पैसा दिएर सूचना दिन प्रस्ताव गर्‍यो। यसरी उनी जर्मनीको जासुस बनिन्।

उनले आफै त कसैको हत्या गरिनन्। तर उनको जासुसीका कारण लगभग ५० हजार फ्रान्सेली सैनिक मारिएको घटना बाहिर आयो। उनलाई फेवरवरी १९१७ मा पेरिसमा गिरफ्तार गरियो र अक्टोवरमा गोली हानी हत्या गरियो।

सार्लेट कार्डी
सार्लेटको पुरा नाम मेरी एन सार्लेट डी कर्डी हो। उनी फ्रान्सको क्रान्तिकी एक हिस्सा थिइन्। क्रान्तिको समय उनले फ्रान्सको राजशाहीको अन्य गर्न चाहन्थिन्। तर उनी हिसांको विरोधमा थिइन्। तर क्रान्तिको लागि उनले आफ्ना विपक्षी जेकोबिन समूहका नेता जीन पाल मेराटको हत्या गरिन्।

जुलाई १७९३ मा सार्लेटले मेराटलाई त्यो समय चक्कु प्रहार गरेकी थिइन् जतिबेला उनी बाथटप लिइरहेका थिए। जव उनलाई हत्याको आरोपमा पक्राउ गरियो उनले भनिन्, ‘यो देशको हितको लागि हो।’ उनको दावी थियो यो हत्याले हजारौंको हत्या रोकिएको छ।

सी जिआनकिआओ
जासुसले आफ्नो उपनाम राख्न मनपराउँछन्। यही तथ्यमा रहेर सी गुलानले जासुसीको दुनियामा आफ्नो नाम बदलेर सी जिआनकिआओ नाम राखिन्।

जिआनकिआओ आफ्नो बुवाको हत्याको बदला लिनको लागि जासुस बनेकी थिइन्। उनले चीनका नेता सुन चुआंगफागको सन् १९२५ मा हत्या गरेकी थिइन्।

जिआनकिआओ ने चुआगफाग को टाउकोमामा त्यतिबेला गोली हानेकी थिइन् जतिबेला उनले एक बौद्ध मन्दिरमा पूजा गरिरहेका थिए। हत्या पछि उनी नभागिकन घटनास्थलमै बसेर अपराध स्वीकार गरिन्।

यो ‘हाई प्रोफाइल’ केसमा १९३६ मा फैसला आयो। तर उनलाई मुक्त गरियो। यो केसमा अदालतको फैसला थियो यो हत्या आफ्ना बुवाको हत्याले विक्षिप्त भएर भएको थियो। १९७९ मा जिआनकिआओ मृत्यु भयो।

ब्रिगित मोअनहाप्ट
एक समय जर्मनीकी खतरनाक महिला मानिने बिरित ओअनहाप्ट रेड आर्मीको सदस्य थिइन्। ब्रिगित १९७७ मा जर्मनीका विभिन्न हिंसात्मक गतिविधिमा सहभागि थिइन्। ७० को दशकमा पश्चिम जर्मनीमा एक वामपन्थी समूहले एकपछि अर्को हाइज्याक, हत्या तथा बम विस्फोट गराएको थियो। हाइज्याकका साथ ३० मानिसको हत्या यो समूहले गरेको थियो। पश्चिम जर्मनीमा पूँजीवादको अन्त्य गर्न भन्दै यी सबै काम भएका थिए।

१९८२ मा यी अपराधमा संलग्न भएको भन्दै मोअनहाप्टलाई गिरफ्तार गरियो। उनलाई पाँच वर्षको जेल सजायँ सुनाइयो। यसको अलावा अन्य ९ हत्यामा संलग्न भएको भन्दै १५ वर्षको जेल सजायँ तोकियो। उनले कहिल्यै पनि आफ्नो अपराध कवुल गरिनन्। २००७ मा उनी रिहा भइन्। उनी अहिले स्वतन्त्र जीवन बाँचिरहेकी छन्।

एजेन्ट पेनेलोप
इजरायली इन्टिलिजेन्स एजेन्सी मोसादको लागि काम गर्ने एजेन्ट पेनेलोपे प्यालिष्टानी समूह व्ल्याक सेप्टेम्बरका नेता अली हुसेनको हत्यामा सामेल थिइन्।

अली हुसेनले १९७२ मा म्यूनिक ओलम्पिकका दौरान ११ इजरायली खेलाडीको बन्धक बनाएर हत्या गरेका थिए।

यो हत्याको जवाफमा इजरायली प्रधानमन्त्री गोल्डे मेरीको आदेशमा ‘अपरेसन ब्रेथ अफ गार्ड’ सुरु भयो। यही अप्रेसनमा अली हुसेनको हत्या भयो।

अली हुसेनको हत्याको लागि पेनेलोपेले लगभग छ हप्ता त्यो अपार्टमेन्टमा विताइन जहाँ हुसेन बस्थे। जुन बम विष्फोटमा अली हुसेन सलामे मारिए त्यहीँ पेनेलोपेको समेत मृत्यु भयो। उनको मृत्यु पछि उनको साथबाट एक बेलायती पासपोर्ट बरामद भयो जसमा एरिका च्यावर नाम लेखिएको थियो।

बीबीसीबाट अनुदित buy Malegra DXT online, cheap dapoxetine.

प्रतिक्रिया दिनुहोस्