एक महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने तयारी

एक महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने तयारी

असोज ११, गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एक महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने तयारी गरिएको जनाएको छ ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि परिचय पत्र छपाइ केन्द्रको अवलोकनसहित आफ्नो परिचयपत्र छाप्नका लागि तस्बिर खिचेका छन् ।पहिलो चरणमा सिंहदरबारभित्र कार्यरत कर्मचारीहरु र पाँचथर जिल्लामा यो परिचयपत्र प्रदान गरिने बताइएको छ ।

त्यसलगत्तै यो आर्थिक वर्षभित्र १५ जिल्लामा परिचयपत्र वितरण गर्ने लक्ष्य गृह मन्त्रालयले लिएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.