ट्राफिक प्रहरीको ट्राफिक जनचेतना सम्बन्धि अन्तक्रिया

ट्राफिक प्रहरीको ट्राफिक जनचेतना सम्बन्धि अन्तक्रिया

असोज ११, २०७५, रामेछाप

तुल्सीदेवी श्रेष्ठ,

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ट्राफिक जनचेतना एबं परिमार्जित ऐन नियम सम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रमका अबसरमा बिद्यमान मुलुकी ऐन २०७४ का बारेमा कानुन ब्यवसायि झम्क कडेलले जानकारी गराउनु भएको थियो ।

सो अबसरमा बोल्दै नेकपा का सचिब आनन्द श्रेष्ठ, नेपाली काग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल स्थानीय नबिन कार्की लगाएत अधिकांस बक्ताहरुले चार्डवार्डको समय नजिकीदै जाँदा यातायात ब्यबसायिहरुले यात्रीसँग बढि भाडा असुल्ने सम्भावना रहेकाले त्यसको अनुगमन नियमितरुपमा गर्न एबं जिल्ला भरको भाडादर तत्काल समायोजन गर्न अनुरोध गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षता रामेछाप क्षेत्र नं १ का प्रदेश सांसद शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।

त्यसैगरी ट्राफिक प्रहरीले पैदल यात्रीलाई सडकको पेटिबाट हिडाउने अभियान थालेको छ भने तिब्र गतिमा दौडने सवारी साधनलाई बजार र बिद्यालय परिसरमा सिमित गतिमा हिडाउन थालेको छ ।
पैदल यात्रीलाई बाटो काट्न सजिलो होस भन्ने उद्धेश्यले मन्थली बजारक्षेत्रको को सडकमा जेब्रा क्रसिङ निर्माण कार्य पनि सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले मन्थली नगरपालिका वडा नं १ सँग समन्वय गरी मन्थली नगरपालिकाको आर्थिक सहयोगमा ति अभियानहरु सुरु गरिएको ट्राफिक प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.