निर्मला हत्या प्रकरणः नयाँ खुलाशा मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप

निर्मला हत्या प्रकरणः नयाँ खुलाशा मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप

असोज ११, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या गरिएकी मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ । यो त संरक्षण गर्नु पर्ने हो ।’

उनले अघि भने, ‘११ गते मुचुल्का उठाइएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप भेटिएको छ । जबकी उनी १२ गते मात्र भारतबाट आएका थिए ।’

शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको थियो भने घटनास्थलको पनि संरक्षण गरेको थिएन ।

गृहमन्त्री बादलले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्