‘राजेन्द्रलक्ष्मी’ नाटकले इतिहासलाई चुनौती दिँदै शाह वंशलाई प्रश्न

‘राजेन्द्रलक्ष्मी’ नाटकले इतिहासलाई चुनौती दिँदै शाह वंशलाई प्रश्न

असार १६, नेपालको इतिहास ‘फ्याक्ट’भन्दा पनि ‘फिक्सन’ले भरिएको छ । अझ २ सय ४० वर्ष नेपालमाथि शासन गरेको शाह वंशको इतिहास त आधुनिक कालमा पनि शंकास्पद मानिन्छ ।

इतिहास लेखकले गरेको यो गल्ती सधैं यत्तिकै रहिरहन्छ भन्ने छैन । नेपालको इतिहासमाथि विभिन्न माध्यमबाट विभिन्न तरिकाले प्रश्न उठ्न थालेका छन् ।

नाटकको माध्यमबाट उठाइएको प्रश्न, यतिबेला मण्डला नाटकघरमा ‘राजेन्द्रलक्ष्मी’ शीर्षकमा मञ्चन भइरहेको छ । नाटकले इतिहासलाई चुनौती दिँदै शाह वंशमा पहिलो नायबी चलाउने राजेन्द्रलक्ष्मीकोे यस्तो चरित्र पेस गर्छ जुन नेपाली इतिहासका कुनै किताबमा पढ्न पाइन्न ।

पाल्पामा जन्मिएकी राजेन्द्रलक्ष्मी पृथ्वीनारायण शाहकी जेठी बुहारी हुन् । पृथ्वीनारायण शाहका दुई छोरा प्रतापसिंह शाह र बहादुर शाहमध्ये जेठा प्रतापसिंह शाहसँग राजेन्द्रलक्ष्मीको विवाह भएको थियो ।

तर विवाह भएको केही वर्षमै २५ वर्षको उमेरमा प्रतापसिंह शाहको मृत्यु भयो । सानो उमेरमा विधवा बनेकी राजेन्द्रलक्ष्मीले त्यसयता आफू बच्न मात्र संघर्ष गरिनन्, इतिहासले भन्छ, उनले पृथ्वीनारायण शाहले सुरु गरेको ‘ग्रेटर नेपाल’ बनाउने अभियानका लागि पनि संघर्ष गरिन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help