धरौटीको प्रावधान हुनुहुन्न र नियमावली व्यवसायीको हकहितका लागि : उपाध्यक्ष भट्टराई

धरौटीको प्रावधान हुनुहुन्न र नियमावली व्यवसायीको हकहितका लागि : उपाध्यक्ष भट्टराई

इडियु कन्सल्टेन्सी नेपाल सरकारबाट स्वीकृत प्राप्त वैदेशिक अध्ययन परामर्श संस्था हो । यो कन्सल्टेन्सी पुतलीसडकमा रहेको छ । विशेषतः अमेरिकामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई मध्यनजर गरेर यसले काउन्सेलिङ, डकुमेन्टेशन र लगायतका कामहरु गर्दै आइरहेको छ । वैदेशिक अध्ययन परामर्शका एकजना चितपरिचित अभियान्ता तथा इक्यानका उपाध्यक्ष देविदास भट्टराई इडियु कन्सल्टेन्सीका सञ्चालक हुनुहुन्छ । प्रस्तुत छ, इक्यान, शैक्षिक अध्ययन परामर्श व्यवसाय र सरकारी कदमको पेरिफेरीमा रहेर उहाँसँग गरिएको छोटो भलाकुसारी :
इक्यान के हो ? Female Viagra no rx, acquire dapoxetine.
इक्यान वैदेशिक अध्ययन परामर्श व्यवसायीहरुको छाता संगठन हो । यो व्यवसायीहरुको हकहितको लागि गठन भएको संस्था पनि हो । हाल यसमा ४०२ साधारण सदस्यहरु छन् । इक्यानले विदेशी कलेजहरुसँग परिचय गराउने र व्यवसायीहरुलाई विभिन्न तालिम तथा प्रशिक्षणहरु दिने लगायतका कार्यहरु गरिरहेको छ ।
हाल, वैदेशिक अध्ययन परामर्श लगायतका विषयमा शिक्षा मन्त्रालयले नियमावली बनाइरहेको छ, यसमा इक्यानको धारण चाहि कस्तो छ ?
इक्यान विशेषगरि वैदेशिक दिने परामर्श दिने व्यवसायीहरुको संगठन हो त्यसकारण नयाँ व्यवस्थाले धरौटीको कुनै पनि प्रावधान राख्नु हुन्न । मन्त्रालयले बनाईरहेको नियमावली व्यवसायीको हकहितको पक्ष हुनु पर्दछ भन्ने मेरो विचार हो । यसले इमान्दारीपूर्वक काम गर्ने वातावरण निर्माण गरि  अनैतिकढंगका व्यवसायहरुलाई नियन्त्रण गर्न सक्नुपर्दछ ।


प्रसङ्ग अव हजुरको इडियु कन्सल्टेन्सीतिर मोडौं । यसका विशेषताहरु कस्ता छन् त ?
इडियु कन्सल्टेन्सी सन् २००३ देखि नै प्रभावकारीढंगबाट वैदेशिक अध्ययन परामर्श
दिदै आएको कन्सल्टेन्सी हो । इडियुले विशेषगरि अमेरिकामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि परामर्श र प्रोसेसिङको काम गरिरहेको छ । हामीले IELTS को कक्षा पनि संचालन गरिरहेका छौं । समग्रमा भन्नु पर्दा भरपर्दो र विश्वसिलो वैदेशिक अध्ययन परामर्श सेवा नै हाम्रो अहिलेसम्म स्थापित हुँदै आएको विशेषता हो ।
अन्तमा, वैदेशिक अध्ययनको लागि परामर्श र प्रोसेसिङ गरिदिने सेवा खोज्ने नेपाली विद्यार्थीहरुलाई केहि भन्नु छ ?
इडियु कन्सल्टेन्सी विद्यार्थीहरुलाई भरपर्दो र प्रभावकारी वैदेशिक अध्ययन परामर्श र प्रोसेसिङ सेवा दिने उद्धेश्यले स्थापना भएको संस्था हो त्यसकारण विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई सहजै सेवा दिनु हामीले हाम्रो दायित्व ठानेका छौं ।

(इडियु कन्सल्टेन्सीको मुख्य वेवपेजको लिंक )

http://educonsult.edu.np/

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.