शनिबार उरुग्वे र पोर्चुगल आमने सामने हुने

शनिबार उरुग्वे र पोर्चुगल आमने सामने हुने

असार १६, शनिबार सोचीमा उरुग्वे र पोर्चुगल आमने सामने हुँदा पुरानै प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको आक्रमण धार भुत्ते पार्ने चुनौती हुनेछ ।

विश्वकपको अन्तिम १६अन्तर्गत उरुग्वेका कप्तान डिएगो गोडिन र उनका एट्लेटिको मड्रिडका सहयात्री जोसे मारिया जिमेनेज पोर्चुगलका कप्तान पाँच पटकका बालन डी अर विजेता रोनाल्डोविरुद्ध मैदान उत्रिँदा ‘ब्ल्याक सी’ को किनार मड्रिड डर्बीको भूमिजस्तै हुनेछ ।

३३ वर्षे रोनाल्डोका लागि जारी विश्वकप अत्यन्तै सुखद भइरहेको छ भने उरुग्वे एकै गोल नखाई समूह चरणका तीन खेल सम्पन्न गर्ने रुस विश्वकपमा एक्लो टिम हो ।

जारी विश्वकपमामात्र उनले तीन खेलमा चार गोल गरिसकेका छन् । स्पेनविरुद्धको पहिलो खेलमा ३–३ को बराबरी नतिजा निकाल्दा ह्याट्रिक पूरा गरेका उनको अन्तर्राष्ट्रिय गोलसंख्या ८५ पुगिसकेको छ । जुन युरोपेली फुटबल इतिहासमै कुनै खेलाडीले गरेको सर्बाधिक अन्तर्राष्ट्रिय गोल हो ।

पछिल्लो दुई वर्षमा उनले गोडिनको एट्लेटिकोविरुद्ध रियालका लागि दुई पटक ह्याट्रिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help