एसिया कप क्रिकेट, भारतलाई अफगानिस्तानले बराबरीमा

एसिया कप क्रिकेट, भारतलाई अफगानिस्तानले बराबरीमा

असोज १०, युएईमा जारी एसिया कप क्रिकेट भारतलाई अफगानिस्तानले बराबरीमा रोकेको छ । मंगलबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतसँग बराबरी खेल्दै अफगानिस्तानले अंक बाँडेको हो । यद्यपी अफगानिस्तान सुपर चारबाटै बाहिरिएको छ ।

अफगानिस्तानले दिएको २५३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको भारतले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा २५२ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । भारतका लागि लोकेस राहुलले ६०, अम्बाती रायडुले ५७ र दिनेश कार्तिकले ४४ रन बनाएपनि जित दिलाउन भने सकेनन् । त्यस्तै, भारतका लागि एक दिवसीय क्रिकेटमा २००औं कप्तानी गरेका महेन्द्रसिंह धोनीले ८ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका अफ्ताब आलम, मोहमद नाबी र राशिद खानले समान २-२ विकेट लिए ।

buy Cialis soft FRUIT online cheap, zithromax reviews.

प्रतिक्रिया दिनुहोस्