अमेरिकी इतिहासमा अरुले भन्दा आफूले धेरै गरेको ट्रम्पको दाबी

अमेरिकी इतिहासमा अरुले भन्दा आफूले धेरै गरेको ट्रम्पको दाबी

असोज १०, संयुक्त राष्ट्रसंघको न्यूयोर्कमा जारी ७३ औं महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्वले मध्यपूर्वमा अराजकता, मृत्यु र विनाशको विजारोपण गरेको आरोप लगाएका छन् । इरानसँग परमाणु सम्झौता त्याग्ने आफ्नो निर्णयको समेत बचाउ गरेका छन् ।

उनले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाव सिर्जना गर्नुको विकल्प नरहेको बताए ।

सम्बोधनका क्रममा उनले अमेरिकी इतिहासमा अरुले भन्दा आफूले धेरै गरेको दाबी गर्नसमेत भ्याए । ट्रम्पले यस्तो दाबी गरिरहँदा हलमा भने हाँसो गुञ्जिएको थियो । लगत्तै ट्रम्प पनि हाँसे र भने- मैले यस्तो प्रतिक्रियाको अपेक्षा गरेको थिइनँ ।’

ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको उक्त अवसरमा बताए । ट्रम्पले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न सहभागी देशका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुलाई आग्रह गरे ।

cheap tadalafil, cheap Zoloft.

प्रतिक्रिया दिनुहोस्