फागुन २१ गतेदेखि बृहत दोलखा महोत्सव एवम् प्रथम लगानी सम्मेलन हुदैं

फागुन २१ गतेदेखि बृहत दोलखा महोत्सव एवम् प्रथम लगानी सम्मेलन हुदैं

काठमाण्डाै। आगामी फागुन २१ गतेदेखि दोलखामा ‘दोलखा महोत्सव’ हुने भएको छ । जिल्लामा रहेका पर्यटकीय स्थलको प्रचार–प्रसार र स्थानीय उत्पादनको बजारीकरणका लागि दोलखा उद्योग वाणिज्य संघले महोत्सव गर्न लागेको हो । भ्रमण वर्ष २०२० लाई सफल पार्न र नमुना दोलखा सिटिहलको निर्माण गर्ने मुख्य उदेश्य कार्यक्रमको आयोजक दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले नयाँपुल अनलाईनलाई जानकारी दिए । स्थानिय उत्पादन कलासस्कृतिलाई पर्वदन गर्न र पाराग्लाईडिङ, र्याफ्टीङ ट्रेकीङ जस्ता साहसीक गतिविधिका लागी महोत्सब कोशेढुंगा सावित हुने श्रेष्ठको भनाई छ ।

महोत्सवलाई लक्षित गरेर जिल्लामा प्रथम लगानी सम्मेलन पनि आयोजना गर्न लागिएको छ । विकास र समृद्धिका लागि ठूला लगानी भित्र्याएर समृद्ध जिल्ला बनाउने योजनाका साथ दोलखामा लगानी सम्मेलन आयोजना गरीएको उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुदर्सन कार्कीले जानकारी दिए । राजधानीबाट नजिक र धेरैजसो स्रोत–साधनले सम्पन्न हुँदाहुँदै पनि जिल्लामा बहुराष्ट्रिय कम्पनिको नजर नपरेको भन्दै लगानी सम्मेलन आयोजना गर्न लागिएको हो ।

उद्योग वाणिज्य संघको अगुवाइमा आयोजना हुन लागेको सम्मेलनका लागि निजी क्षेत्र र स्थानीय तहहरू सम्भावित योजना छनोटमा लागिपरेका छन् । निजी क्षेत्रको तर्फबाट दोलखा उद्योग वाणिज्य संघले विभिन्न योजनाहरू अघि सार्ने तयारी गरेको छ । संघका पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न तारे होटेल निर्माणको प्रस्ताव पनि सम्मेलनमा प्रस्तुत गरिनेछ । कृषि उत्पादन, जडीबुटी उद्योग, पर्यटनसँग सम्बद्ध व्यवसाय र अन्य सम्भावित योजना तयार भइरहेको संघले जनाएको छ । सम्मेलनमा सकेसम्म धेरै लगानी भित्राएर जिल्लाको विकासका लागि लगानी बोर्डले आवश्यक सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्