खुट्टाले लेखेर डिग्री पास गर्ने रुपाको सपना

खुट्टाले लेखेर डिग्री पास गर्ने रुपाको सपना

२०५८ साल वैशाखमा जन्मिएकी रूपा कपिलवस्तु वाणगङ्गा नगरपालिका वडा नं। ३ धनकौलीमा बस्दै अएका उनिहरुको परिवारमा अचानक रुपाको दुबै हातमा करेन्ट लागी दुबै हात नभएकाले अहिले उनिहरु बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरको होराइजन चोकमा बस्छ । करेन्ट लागेर दुवै हात गुमाएकी बालिका रूपा रौतारको परिवार बस्न थालेको झण्डै ५ वर्ष भयो ।
रूपा कलाकार मात्र नभएर अनि खुट्टाले लेखेर विद्यालयमा राम्रो अङ्क ल्याउने विर्धाथि पनि हुन ।रूपा आमाको सहयोगमा मुख्य राजमार्गसम्म पुग्छिन्, बिहानको सङ्गीत कक्षाका लागि । विद्यालयका लागि भने घर नजिकैको होराइजनचोकसम्म स्कुल बस आउने भएकाले आमाको सहयोग चाहिँदैन । उनी बसमा बुटवलको सुख्खानगरमा रहेको दीप बोर्डिङ पुग्छिन् ।
। छोरीको करेन्ट लागेपछि बुटवल बस्न थालेका हुन् उनीहरू । यहाँ बस्न थालेपछि कहिले काहीँ मात्रै पुरानो घर जान्छन् ।

रुपाको घटना यसरि भएको थियो ।

कपिलवस्तुको होराइजनमा पढ्दै गरेकी रूपालाई घरमा बोलाएर आफन्तकोमा चिठ्ठी पुर्याउने भन्दै रूपाकी आमा इन्द्रकला घरबाट निस्किइन् । छोरीलाई स्कुलबाट ल्याएर आफन्तकोमा चिठ्ठी दिन गएकी उनी आफन्तसँग कुराकानी गर्दैगर्दा रूपा अचानक घरको दोस्रो तलामा पुगेको कसैलाई थाहै भएन । इन्द्रकलाले घटना स्मरण गरिन्– एक्कासि आवाज आयो । हेर्दा कतै देखिएन, घरमाथि हेर्दा त छोरी करेन्ट लागेर टिनमा बजारिएकी रैछ । टिनमा बजारिएपछि पनि दाउरा राखेको ठाउँमा झरी । घाँटीमा, शरीरमा दाउरासमेत गाडिएका थिए । हातमा दनदनी आगो मात्र बलेको देखेपछि लुम्बिनी अञ्चल अस्पताल लगेँ, त्यहाँबाट टिचिङ अस्पताल ।त्यहाँ पनि नभएपछि कान्ति बाल अस्पतालमा लगियो । ६ दिन डाक्टरले रूपालाई उपचार गरिरहे । हातको मासु कुहिन थाल्यो । जलेको हाड र मासु पलाउन सम्भव थिएन । त्यसैले उपचारको सातौँ दिन रूपाका दुवै हात काटियो । रूपालाई काठमाडौँमा ६ महिनाको उपचारपछि कपिवस्तु ल्यायौँ । ४ लाख रूपैयाँ खर्च भयो ।घटनापछि रूपा लामो समयसम्म होसमा आइनन् । ‘थाहा पाउँदा त दुवै हात थिएनन्, पट्टी बाँधिएको थियो । डाक्टरले बचाउन यति गर्नुभएको होला भन्ने लाग्यो’, रूपा भन्छिन् । ‘डाक्टरले हात नकाटेको भए क्यान्सर हुन सक्ने भएकाले हात काट्नुभएको रे’, उनले सुनाइन् ।
स्वाभाविक रूपमा दुई हात भएको विद्यार्थी र दुई हात नभएको विद्यार्थीहरूको गतिविधि फरक हुन्छ । त्यसमा समान्य असर पर्ने नै भयो । तर रूपाको आत्मविश्वास र मिहिनेतले उनलाई अध्ययन र कला क्षेत्रमा राम्रो फड्को मार्न सहयोग पुग्ने शिक्षकहरूको विश्वास छ । उनलाई विद्यालयले
निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ ।
डिग्री पास गर्ने सपना रूपाले खुट्टाले खान्छिन्, खुट्टैले लेख्छिन् । मोबाइल पनि खुट्टैले चलाउँछिन् । भविष्यमा राम्रो गायिका बन्ने लक्ष्य लिएकी रूपा पढाइमा पनि तेज छिन् । ‘रूपाको पढाइ राम्रो छ । सङ्गीत पनि उस्तै छ । विद्यालयले आवश्यक सहयोग गरेको छ’, रूपा अध्ययनरत विद्यालयका प्राचार्य न्यौपानेले बताए । रूपाले सङ्गीत र पढाइ दुवैलाई सँगसँगै लैजाने इच्छा रहेको बताइन् । ‘जसरी भए पनि डिग्री पास गरेरै छाड्छु’, उनले आफ्नो सपना रहेको छ ।

order Cialis Jelly online, purchase zithromax.

प्रतिक्रिया दिनुहोस्