मालदिभ्समा इब्राहिम मोहम्मद सोलिह राष्ट्रपति पदको चुनावमा विजयी

मालदिभ्समा इब्राहिम मोहम्मद सोलिह राष्ट्रपति पदको चुनावमा विजयी

असोज ८, मालदिभ्समा इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति पदको चुनाव जितेका छन् । भारतको समर्थक मानिएका सोहिलले चीनको समर्थन रहेको मानिएका निवर्तमान राष्ट्रपति अब्दुला यामिनलाई पराजित गरेका हुन् ।

सोहिलले ५८.३ प्रतिशत मत पाएका छन् । उनले १३ लाख ३ हजार ८०८ मत पाएका छन् । यामिन ९५ हजार ५२६ भोटले पछि परेका छन् ।

आइतबार भएको निर्वाचनमा ८८ प्रतिशत मत खसेको थियो । चार दलीय गठबन्धनका उम्मेदवार बनेका सोहिलले यो आफ्ना लागि खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन् । उनले अर्का प्रत्यासी यामिनले जनमतलाई स्वीकार गर्नुपर्ने पनि बताएको बीबीसीले लेखेको छ ।

तर, निवर्तमान राष्ट्रपति यामिनको प्रतिक्रिया सार्वजनिक भएको छैन ।

मत गणना सुरु हुनुअघिसम्म यामिनले चुनाव जित्ने अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्