सिरियामा अमेरिकी गठबन्धन सेनाको आक्रमणमा परी ३३ सयको मृत्यु

सिरियामा अमेरिकी गठबन्धन सेनाको आक्रमणमा परी ३३ सयको मृत्यु
Smoke rises after a bomb blast at a bus terminal in Jos, Nigeria, Tuesday, May 20, 2014. Two explosions ripped through a bustling bus terminal and market frequented by thousands of people in Nigeria's central city of Jos on Tuesday afternoon, and police said there are an unknown number of casualties. The blasts could be heard miles away and clouds of black smoke rose above the city as firefighters and rescue workers struggled to reach the area as thousands of people fled. (AP Photo/Stefanos Foundation)

असोज ८, सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)को विरुद्धमा अमेरिकाको गठबन्धन सेनाले पछिल्लो चार वर्षमा गरेको आक्रमणमा परी तीन हजारभन्दा बढी मानिसहरुको ज्यान गएको छ ।

सिरियाको युद्धको विषयमा जानकारी राखिरहेको बेलायती संगठन ‘सिरियन अब्टेक्टरी फर ह्युमन राइट्स’ले आइतबार यस्तो विवरण सार्वजनिक गरेको हो ।

अमेरिकी नेतृत्वको गठबन्धन सेनाले छिमेकी मुलुक इराकमा गरेको आक्रमणमा १००० नागरिकहरुको ज्यान गएको विवरणमा उल्लेख गरिएको छ । अमेरिकाले भने नागरिकहरुलाई कुनै पनि क्षति नहोस् भन्नका लागि सक्दो प्रयास भइरहेको बताएको छ । सन् २०१४ देखि अमेरिकी गठबन्धन सेनाले इराकमा आतंकवादी संगठनविरुद्ध कारबाही सुरु गरेको थियो ।

सिरियामा सन् २०११ मा राष्ट्रपति बसर अल असदको विरुद्धमा आन्दोलन सुरु भएको थियो । असदले यो आन्दोलन दबाउने नीति लिए । त्यसपछि आन्दोलन मुलुकभर फैलिन पुग्यो र राष्ट्रपतिको राजीनामा माग गरियो ।

लगातार रुपमा आन्दोलन बढ्दै गए पनि माग सुनावाइ नधएपछि विरोधीले हतियार उठाएका थिए । त्यसयता सिरियाले गृहयुद्धको सामना गरिरहेको छ ।

युद्धको नियमन गरेको संस्थाले अमेरिकी गठबन्धन सेनाको आक्रमण सुरु भएयता सिरियामा ३३३१ नागरिकहरुको ज्यान गइसकेको विवरण सार्वजनिक गरेको छ ।

नियमन संस्थाका प्रमुखले मर्नेमा ८२६ बच्चा र ६१५ महिलाहरु रहेको बताए । यद्यपि अमेरिकी सेनाको गठबन्धनले भने नागरिकहरुलाई बचाउन हवाई आक्रमणको क्रममा हरसम्भव प्रयास गरिने गरिएको बताउँदै आएको छ । (एजेन्सी) order Forzest online, cheap Zoloft.

प्रतिक्रिया दिनुहोस्