तरकारीहरू प्याकिङ गरेर विक्रिको लागि कतार लाने गरिएको छ: बेलका नगरपालिकाका मेयर थापा

तरकारीहरू प्याकिङ गरेर विक्रिको लागि कतार लाने गरिएको छ: बेलका नगरपालिकाका मेयर  थापा

काठमाडौँ । निरन्तर बगिरहने खोलानाला ताल तलैयाका साथमा सप्तकोशी नदिका नामले चिर परिचित छ बेलका नगरपालिका । सगरमाथा अञ्चल उदयपुर जिल्लाको पूर्वी सीमानामा रहेको यस नगरपालिका प्रदेश १ अर्न्त्रगत पर्ने नगरपालिका हो । नगरका नगर प्रमुख दुर्गा कुमार थापा काठमाडौँ आएको शिलशिला पारेर असल संञ्चारसंग भेटघाट गर्नुभएको थियो ।

कुराकानिको क्रममा उहाँले पर्यटकिय क्षेत्रलाई जोडदै यस नगरमा मैनाराजा र मैनारानी मन्दिर , सप्तकोशी बोटिंग , कोशी टप्पु , प्याराग्लाइडिङ , रानीछाँगा , कोलुङ जस्ता उच्च सम्भावना बोकेका पर्यटकिय क्षेत्रहरू रहेको बताउनुभएको छ । यिनै सम्भावनाका बिच पनि बेलका नगर पर्यटकहरूको लागि सुनको अण्डाझै रहेको छ ।
तरकारी खेतीमा पनि निकै अगाडि रहेको खुलाउदै मेयर भन्नुहुन्छ , अहिले हामीले ब्ल्याक डायमन्ड कम्पनीसँग सम्झौता गरेका छौं । उक्त कम्पनीले दिनमा १ टन तरकारी कतार पठाउने सम्झौता गरेको छ । त्यसैले हामीले पहिला बजारको खोजी गरेर किसानलाई उत्पादन गर्न भनेका छौं । । टनेलबाट खेती गर्नुको साथै नसरी निर्माण गरेका छौं। तरकारीहरू प्याकिङ गरेर विक्रिको लागि कतार लाने गरेको पनि थापा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्