‘इन्टु मिन्टु लन्डनमा’ले बम्पर कलेक्शन

‘इन्टु मिन्टु लन्डनमा’ले बम्पर कलेक्शन

असोज,७ काठमान्डौ । गएको शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ले बम्पर कलेक्शन गरिरहेको छ । युवा–युवतीको प्रेम कथामा आधारित यो चलचित्रले शुक्रबार र शनिबार राम्रो कलेक्शन गर्न सफल रहेको निर्माणपक्षले बताएको छ ।
यस फिल्म काठमाडौँ र काठमाडौँ बाहिरका अधिकांश हलहरु हाउसफूल देखिएका छन् । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नायक धिरज मगरको मुख्य भूमिका रहेको यस फिल्म आइतबार पनि हाउसफूल देखिएको छ । रेनशा राईद्वारा निर्देशित यस फिल्ममार्फत् नायिका साम्राज्ञीले आफूलाई क्षमतावान नायिकाको रुपमा प्रस्तुत गरेकी छन् ।

उनी अभिनित ६० प्रतिशत फिल्महरुले बक्स अफिसमा राम्रो गरेका छन् । उनको करिअरमा आजसम्म ५ वटा चलचित्र रिलिज भएका छन् । जसमा २ वटा असफल, २ वटा सफल र एउटा इनिसियल रुपमा हिट भयो । यसकै आधारमा भन्नुपर्दा साम्राज्ञीलाई एउटी हिट नायिकाको रुपमा मान्न सकिन्छ ।
यीनै नायिका साम्राज्ञीले विराटनगरमा भएको पत्रकार सम्मेलनमा अहिले आफूलाई हिरो होइन, हिरो र निर्मातालाई आफू चाहिने बताएकी थिइन् । प्रचारप्रसारमा जुटेका बेला उनले नायिकाका कारण पनि चलचित्र चल्ने गरेको बताएकी थिइन् ।

उनले आफूलाई सुपरस्टार हिरो मात्र हुन्छन् भन्ने सोचाई नै गलत लाग्ने बताइन् । उनले भनिन्, ‘नर्माताहरु चलचित्र चल्यो भने नायकका कारणले मात्र चल्यो भन्ने सोच्छन् । तर, यो एकदमै ठूलो भ्रम हो ।’ साम्राज्ञीले थपिन्, ‘अहिले नेपाली चलचित्रमा नायिकाहरु पनि शक्तिशाली रहेका छन् । र, उनीहरुको कारणले पनि चलचित्र चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्