भोटेकोशी गाउँपालिकास्थित झिर्पु माध्यमिक विद्यालयमा ट्रयाक्स सुट र टि–सर्ट वितरण कार्यक्रम सम्पन्न

भोटेकोशी गाउँपालिकास्थित झिर्पु माध्यमिक विद्यालयमा ट्रयाक्स सुट र टि–सर्ट वितरण कार्यक्रम  सम्पन्न

काठमाडौँ ।  सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका फुल्पिङकट्टि–४, हिन्दीमा अवस्थित झिर्पु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच ट्रयाक्स सुट र टि–सर्ट वितरण गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संयोजक ध्रुव पौडेल, ४ नं वडाका अध्यक्ष साङदोर्जे शेर्पा, ३ नं वडाका अध्यक्ष कैलाश पौडेल लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा विद्यालयका प्रअ टंक पन्तले विद्यार्थीहरुलाई नियमित रुपमा र तोकिएको वारमा ट्रयाक्स सुट र टि–सर्ट लगाई विद्यालयमा उपस्थित हनु अनुरोध गर्नुभयो । साथै उँहाले विद्यार्थीहरू लाई अनुशासन र विद्यालयको मर्यादा कायम राख्न आग्रह समेत गर्नुभयो । ट्रयाक्स सुट र टि–सर्टको वितरण पछि विद्यार्थीहरूको मुहारमा खुशियाली छाएको थियो ।

प्रतिक्रिया दिनुहोस्