संविधान दिवसको अवसर भोटेकोशी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

संविधान दिवसको अवसर भोटेकोशी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

काठमाडौं । संविधान दिवस २०७६को आवसरमा शुक्रबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाँउपालिकाको कार्यालयले आयोजना गरेको उक्त प्रतियोगितामा गाउँपालिकाको कुल ६ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा फुटबल, भलिबल, हाई जम्प, लङ जम्प, रिले जस्ता खेलकुद र बक्तृत्वकला प्रतियोगिता पनि गरिएको थियो । प्रतियोगितामा उच्च अंक प्राप्त गर्ने विद्यालयहरुमा १५ अंक प्राप्त गरेर झिर्पु मावि प्रथम भएको छ त्यस्तै १२ अंकका साथ कोदारी मवि दोस्रो र ४ अंकको साथ मार्मिङ मावि तेस्रो भएको थियो । प्रतियोगितामा बिजयी बिद्यालयहरुलाई सिल्ड, मेडल ,प्रमाणपत्र लगायतको पुरस्कार प्रदान गरीएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

भोटेकोशी गाउँपालिकाद्वारा आयोजित प्रतियोगिताका केहि दृश्यहरू

प्रतिक्रिया दिनुहोस्