मदिरा निषेध गर्ने जिल्लासभाको निर्णयमा समर्थन र विरोध

मदिरा निषेध गर्ने जिल्लासभाको निर्णयमा समर्थन र विरोध

असोज ५,  बझाङ जिल्लालाई मदिरा निषेध गर्ने जिल्लासभाको निर्णयको समर्थन र विरोधमा सदरमुकाम चैनपुरमा प्रर्दशन गरिएको छ ।

जिल्लाका विभिन्न गाउँबाट सदरमुकाम आएका महिलाहरुले जिल्लासभाको निर्णय कार्यान्वयन गर्नका लागि दबाब दिन जुलुस निकालेका छन् भने मदिरा बन्द गर्ने निर्णय फिर्ता गर्नुपर्ने माग राख्दै व्यापारीहरुले सदरमुकाम बन्द गराएका छन् ।

acquire zoloft, acquire Zoloft.

‘जिल्लासभाको निर्णय कार्यान्वयन गर’, ‘मदिराको लाइसेन्स खारेज गर’, ‘मदिरा पूर्ण रुपमा निषेध गर’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर गाउँगाउँबाट आएका महिलाहरुले नाराजुलुससहित सदरमुकाम परिक्रमा गरेका थिए । मदिराका कारण महिला र बालबालिका माथि हिंसाहरु बढ्दै गएकोले आफूहरु जिल्लासभाको निर्णयको पक्षमा समर्थन गर्न सदरमुकाममा भेला भएको महिलाहरुले बताएका छन् ।

मदिरा बन्द भएमा आफूहरुले सधैंको लागि सुख पाउने भएकाले खेतीपातीको काम र बालबच्चा छोडेर चैनपुर आएको महिलाहरुले बताए । ‘दिनभर काम गरेर थाकेका हुन्छौं । साँझ गएर श्रीमान कुटाई खानु पर्छ,’ बुङ्गल नगरपालिका–५ दमाउनेकी मन्धरी विकले भनिन्, ‘रक्सी बन्द भैदियो भने हामी शान्तिसँग बाञ्न पाउने थियौं ।’

नाराजुलुससहित सदरमुकाम परिक्रमा गरेका महिलाहरुले लोकतान्त्रीक चोकमा कोणसभा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्