कांग्रेस निकट नेपाल निजामति कर्मचारीको सरुवा बढ्दो

कांग्रेस निकट नेपाल निजामति कर्मचारीको सरुवा बढ्दो

असोज ५,कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन (संघ)का उपसचिव शोभाकर पराजुलीलाई प्रदेश २ मा सरुवा गरिएको छ । यसअघि उनी  प्रदेश १ को मोरङ जिल्ला विकास समन्वय समितिमा थिए । अब उनलाई सिराहा जिससमा सरुवा गरिएको छ ।

नेपाल निजामित कर्मचारी युनियन(संघ)बाट आधिकारिक ट्रेड युनियनको मुगु जिल्ला अध्यक्षमा निर्वाचित भएका तीर्थराज शाहीलाई जिल्ला सदरमुकामबाट दुइ दिन हिड्नु पर्ने मुगुको एक विकट स्थानीय तहमा सरुवा गरिएको छ । आधिकारिक ट्रेड युनियनको अध्यक्ष भएको हैसियतले कर्मचारीहरुको गुनासो सुन्न र ट्रेड युनियको अन्य काम गर्न उनलाई सदरमुकामै बस्नु पर्ने हुन्छ । तर मन्त्रालयले यो थाहाँ पाएरै उनलाई विकट ठाउँमा सरुवा गरेको हो ।

यसैगरी कांग्रेस निकट मानिएका गोदाबरी नगरपालिकाका प्रशासकीय अधिकृत विश्वराज मरासिनीलाई प्रशासकिय अधिकृतको जिम्मेवारीबाट पन्छाइ मन्त्रालयमा तानिएको छ । उनी उपसचिव सरहका कर्मचारी हुन । यसैगरी कांग्रेससँग निकट रहेका अन्य कर्मचारीहरुलाई पनि दुर्गम र अपायक ठाउँमा सरुवा गर्ने क्रम बढ्न थालेको छ ।

नेपाली निजामति कर्मचारी युनियन(संघ)का उपाध्यक्ष उत्तमकुमार कटुवालले राजनीतिक प्रतिशोधको कारण कांग्रेस निकट कर्मचारीलाई अपायक र दुर्गम ठाउँमा छानी छानी सरुवा गरिएको आरोप लगाए । उनले भने,‘राजनीतिक प्रतिशोध साँध्न सरकारले कांग्रेस  निकट कर्मचारीलाई अपायक ठाउमा सरुवा गर्न थाालेको छ ’ । सरुवाको लागि सामान्य प्रशासन मन्त्रालयले कुनै माफदण्ड नबनाइ सरुवा गर्न थालेको उनको भनाइ छ ।

order doxycycline, order zithromax.

मन्त्रालय स्रोतका अनुसार नेपाल कम्युनिष्ट निकट कर्मचारीलाई छानी छानी सकेसम्म काठमाडौ,काठमाडौ नभए प्रदेश राजधानी र त्यो पनि नभए जिल्ला सदरुमकामका स्थानीय तहमा पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्