ओली भोलि अमेरिका जाँदैछन्

ओली भोलि  अमेरिका जाँदैछन्

राष्ट्र संघीय महासभामा भाग लिन ओली भोलि शनिबार अमेरिका जाँदैछन्।

प्रधानमन्त्री केपी शर्मा ओली मध्यअमेरिकी देश कोष्टारिकाको औपचारिक भ्रमण गर्ने भएका छन्

कोष्टारिकाका राष्ट्रपति कार्लोस् अल्भरादो क्वेस्दाको निमन्त्रणामा प्रधानमन्त्री ओली कोष्टारिका जान लागेका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ओली असोज १३ गते कोष्टारिका जाने छन्।कोष्टारिकामा ओलीले युनिभर्सिटी अफ पिसमा सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीलाई उक्त विश्वविद्यालयले सम्मान गर्ने कार्यक्रम पनि छ।

कोष्टारिकामा नेपालको राजदूतावास छैन। अमेरिकाको वासिङ्टन डिसीस्थित दूतावासले कोष्टारिका हेर्दै आएको छ.

आफ्नै सेना नभएको कोष्टारिका शान्तिपूर्ण देश मानिन्छ। कोष्टारिका ग्रिन इकोनोमीका लागि समेत प्रख्यात छ।

प्रधानमन्त्री ओलीले कोष्टारिका जानु अघि ११ गते संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नेछन्। ओली अमेरिकी राष्ट्रपतिका तर्फबाट आयोजना हुने रात्रीभोजमा समेत सहभागी हुनेछन्। ओली असोज १७ गते नेपाल फर्कनेछन्। dapoxetine without prescription, lioresal without prescription.

प्रतिक्रिया दिनुहोस्