सर्वसम्मतमै नेकपाले तोक्यो प्रदेश कमिटि

सर्वसम्मतमै नेकपाले तोक्यो प्रदेश कमिटि

असोज ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्र्टीको आज बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँड गरेको छ । प्रधानमन्त्री निवासमा आज बसेको सचिवालय बैठकले सातै प्रदेशका ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको हो ।
आज गरिएको जिम्मेवारी वाडफाड अनुसार, प्रदेश १ को ईन्जार्चमा भीम प्रसाद आचार्य, साबित्री काफ्ले सह–ईन्चार्ज, देबराज घिमिरे अध्यक्ष र सुरेश कुमार राईलाई सचिव तोकिएको छ ।
त्यस्तै २ प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, बिश्वनाथ साहलाई सह–ईन्चार्जको जिम्मेवारी दिईएको छ । प्रभु शाह अध्यक्ष र सुमनराज प्याकुरेललाई सचिवको जिम्मेवारी दिईएको छ ।
यसैगरि, प्रदेश ३ मा नेकपाले अष्टलक्ष्मी शाक्यलाई ईन्चार्ज तथा नारायण दाहाललाई सह–ईन्चार्ज बनाएको छ । यो प्रदेशमा हितमान तामाङ अध्यक्ष र आनन्द पोखरेललाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरि, गण्डक प्रदेशको ईन्चार्ज पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी सह–ईन्चार्ज, हितराज पाण्डे अध्यक्ष र गोबिन्द नेपाली सचिब रहनेछन् ।
यस्तै, प्रदेश ५ को ईन्चार्ज शंकर पोखरेल र सह ईन्चार्ज दल ब. राना,ओनसरी घर्ति अध्यक्ष र जगप्रसाद शर्मा सचिवको जिम्मेवारी पाएका छन् ।
कर्णाली प्रदेशमा नेकपाको नेतृत्व जनार्दन शर्माले पाएका छन् । सो प्रदेशमा यमलाल कडेँल सह–ईन्चार्ज, गोरख बोगटी अध्यक्ष र माया प्रसाद शर्मा सचिब तोकिएको छ । प्रदेश ७ मा भीमबहादुर रावललाई ईन्चार्ज र लक्ष्मीदत्त जोशीलाई सह–ईन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्