कोरियाले आफुसँगै जर्मनीलाई पनि घर फर्कने बाटो देखायो

कोरियाले आफुसँगै जर्मनीलाई पनि घर फर्कने बाटो देखायो
Soccer Football - World Cup - Group F - South Korea vs Germany - Kazan Arena, Kazan, Russia - June 27, 2018 Germany's Mario Gomez and Mats Hummels react after a missed chance REUTERS/Michael Dalder

काठमाडौं। यस अघिको विश्वकप ट्रफि उचालेको जर्मनी यसपटकको रसिया विश्वकपमा भने छनोटमै सिमित बनेको छ । आज राती भएको खेलमा एसियाली राष्ट्र दक्षिण कोरियासँग दुई गोलको अन्तरले पछाडि परेपछि जर्मन टोली अघिल्लो चरणमा जानबाट रोकिएको हो । कोरियाको लागि दुबै गोल इन्जुरी टाइममा भएको थियो ।

सहायक रेफ्रीले किम युङ गोनले इन्जुरी टाइममा गरेको गोललाई अफसाइड दिए पनि भीएआर रिभ्यूबाट गोल दिइएको थियो । अन्तिमतिर कोरिया विरुद्ध हावी हुन जर्मनीका गोलकिपर विपक्षको पोष्ट छेउमा पुगेपछि  सन हियुङ मिनले खाली पोष्टमा सान्दार गोल गरेर अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीले दोस्रो खेलमा स्वीडेनलाई २–१ ले हराएको थियो । आज जर्मनीलाई हराउने दक्षिण कोरिया भने यसअघि नै विश्वकपको प्रिक्वाटर फाइनल पुग्नबाट बञ्चित भईसकेको थियो । जर्मनीका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम गर्न दक्षिण कोरियालाई हराउनै पर्ने थियो तर नतिजा त्यसको ठिक विपरित आयो ।

( हाइलाइटस यहाँबाट हेर्नुहोस् )

https://www.youtube.com/watch?v=nkGDBIceeyw

प्रतिक्रिया दिनुहोस्

cheap essay help