त्रिपुरासुन्दरी नगरपालिकालाई ब्यवसायिक फलफुल खेतिमा अघि बढाउदै मेयर बुढा..

त्रिपुरासुन्दरी नगरपालिकालाई ब्यवसायिक फलफुल खेतिमा अघि बढाउदै मेयर बुढा..

काठमाडौं। डोल्पा जिल्लाको त्रिपुराशुन्दरी नगरपालीकाको मेयर ओमबहादुर बुढाले नगरपालीकाको बिकासको लागी आफुले कृषि क्षेत्रलाई प्राथमिकता राखेको बताएका छन । बिहिबार असलसंञ्चार सँग कुराकानी गर्दै मेयर बुढाले कृषि क्षेत्रमा पनी अझ विशेष फलफुल खेतिलाई अगाडि बढाउने योजनामा आफ रहेको बताए ।

फलफुल र जडिबुटिको लागी प्रशिद्ध त्रिपुराशुन्दरी नगरपालिकामा आफ्नो पहलमा ३५,००० स्याउको बिरुवा तथा ९००० अंगुरको बिरुवा वितरण गरीएको मेयर बुढाले जानकारी दीए । त्यस्तै यस बर्ष ५०००० स्याउको बिरुवा र ४००० स्याउको बिरुवा स्थानीय क्षेत्रको नर्शरीबाट त्यस्तै भारतको महाराष्ट्र प्रदेश बाट ६००० बिरुवाहरु खरिद गरेर वितरण गरीएको बुढाले बताए ।

२२०० घरधुरी रहेको उक्त नगरपालिकाका जनता आफ्नै ब्यवसायीक खेतीमा लागेर मनग्य आम्दानी गरीरहेकोले बेरोजगारीको समस्या यती नरहेको बताए । फलफुलर तरकारीहरु प्रसस्त हुने भएकोले अधिकाशं जनता कृषिमा निर्भर रहेको बुढाले दाबि गरे । फलफुलबाट प्रशस्त आम्दानी हुने साथै अंगुरबाट वाइन निर्माण, स्याउबाट जुस निर्माण गर्ने उनको योजना छ । साथै अंगुरको चाना सुकाएर किसमिस उत्पादन गर्नको लागी नगरपालीकाले ८ थान सोलार वितरण गरिसकेको र अर्को बर्ष २५ वटा सोलार वितरण गर्ने पनि उनको लक्ष्य रहेको छ । साथै उत्पादन बढाउनको लागी बिरुवाको संरक्षणमा जोड दिइरहेको पनि उनले बताए ।

उक्त नगरपालिका भित्रका २२०० घरधुरीलाई पशुपन्छिको मुत्र संकलन गरेर सबै घरधुरीमा कम्पोस्ट मलको निर्माणका लागी कर्णाली प्रदेशको कृषि मन्त्रालयमा बजेटको माग गरेको पनि बुढाले बताए । साथै जडिबुटिको मुख्य केन्द्र डोल्पा जिल्लामा यार्शागुम्बा, जटामसी ,पाँचऔले जस्ता जडिबुटी पाइन्छन । जटीबुटीको प्रर्बद्धनमा पनि आफुले बिशेष जोड दिएको उहाँले बताउनुभयो । साथै शिक्षा क्षेत्रमा भने बुज्रुवा शिक्षालाई परिमार्जन गर्दे स्तरिय शिक्षाको विकास आफु लागीपरेको मेयर बुढाले बताए ।

नगरपालीकामा ३२ वटा विद्यालय रहेका छन जसमा एउटा उच्च मावि र ४ वटा मावि रहेका छन ।बाकी प्राथामीक बिद्यालय रहेका छन । आफ्नो पहलमा प्रावि तहका विद्यार्थिहरुलाई निशुल्क खाजा र अंग्रेजि माध्यममा पठनपाठनको शुरुवात भएको मेयर बुढाले बताए । नगरपालीकाको स्वास्थ्य क्षेत्रमा प्रत्येक वडामा स्वास्थ्य चौकी रहेको स्थानियको सुबिधा हुने ठाँउमा १५ शैया अस्पतालको माग गरिरहेको उनले बताए । उक्त कामको लागी जग्गा ब्यवस्थापन भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्