फिलिपिन्समा अर्को बिपत्ति पहिरोमा परी १२ जनाको मृत्यु

फिलिपिन्समा अर्को बिपत्ति पहिरोमा परी १२ जनाको मृत्यु

असोज ४, फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरो परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौँ मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् ।

फिलिपिन्समा गत हप्ता आएको आँधीले छोडेका घाउ निको हुन नपाउँदै मनसुन बर्षापछि चुना र माटोसहितको भिरालो जमिन भत्किँदा कम्तीमा दश घरहरू पुरिएका छन् ।

फिलिपिन्समा हालै आएको म्याङ्कुट नामक आँधीमा ८८ जनाको ज्यान गुमेको थियो भने अझै केही वेपत्ता रहेका छन् ।  बिहीबार बिहानै पर्यटकीय टापूस्थित रहेको टिना–एन गाउँमा गएको पहिरोमा परी थुप्रै घरहरू परेको सूचनासँगै आपतकालीन सेवाका लागि सुरक्षाकर्मीको दर्जनौ उद्धारकर्मीहरू, स्थानीय जनता तथा संघसंस्था घटनास्थलमा पुगेका छन् ।

आँधीपछि फिलिपिन्सको उत्तरी क्षेत्र आक्रान्त बनिरहेका समय निरन्तरको बर्षापछि गएको पहिरोमा १० बटा घर परेको र चारतलासम्म घरहरूलाई पहिरोले पुरेको प्रत्यक्षदर्शी जोन राय रेपुएस्टो इकाभेजले बताए। उनका अनुसार पहिरोमा परेका १२ जनाको मृत शरीरलाई पहिरोबाहिर निकालिएको छ भने पहिरोमा अझै दर्जनौ स्थानीयहरू पसेका छन् ।

इकाभेजले एएफपीसँग भन्नुभयो, “मेरो छिमेकी आफ्नी दिदीको घर अगाडी रोइरहेकी थिइन् । उनको दिदीको घरको कुनै सदस्य पनि भेटिएका छैनन् । घरको नाम निशानै देखिँदैन ।”

प्रत्यक्षदर्शी अर्का एक स्थानीयले भने, “पहिरोमा परी घाइते अवस्थामा परेका केही व्यक्तिलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । १२ जनाको मृत शरीर भेटिएको छ भने करिब ५० जना सम्पर्कबाहिर रहेका हाम्रो अनुमान रहेको छ ।” घटनास्थलमा करिब १०० जनाभन्दा बढी व्यक्तिले एक्सकाभेटर तथा अन्य ठूला उद्धारसामग्रीको सहयोगमा उद्धारको काम गरिरहेका छन् ।

zoloft without prescription, purchase lioresal.

उक्त क्षेत्रका नागरिक सुरक्षा मामिला हेर्ने अधिकारीले सेबु पहिरो, बाढीजस्ता प्राकृतिक प्रकोपजन्य घटना विरलै हुने गरेको क्षेत्र भएको र उक्त क्षेत्र हालैको आँधीमा पनि सुरक्षित रहेको क्षेत्र रहेको बताए । एएफपी

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.