बैंकहरुको आ- आफ्नै नीति

बैंकहरुको आ- आफ्नै नीति

असार १३, बैंकहरुले आ–आफ्नो फाइदाका लागि आफु अनुकल मौद्रितक नीति ल्याउन माग गरेका छन् । मौद्रिक नीति आउन लागेको पूर्व सन्ध्यामा बैंकहरुले पुँजी– निक्षेप–कर्जा (सिसिडी) रेसियो हटाएर मौद्रिक नीति ल्याउन माग गरेका हुन् । अहिले राष्ट्र बैंकले २० प्रतिशत सिसिडी रेसियो तोकेको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई उत्पादक क्षेत्रहरु मानिएका कृषि तथा जल विद्युतमा कुल लगानीको कम्तीमा १० प्रतिशत र जलविद्युतमा कम्तीमा ५ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था गरेको छ ।

उत्पादकको क्षेत्रमा तोकिए अनुसार लगानी नगर्ने र अनुपात्दक क्षेत्रमा लगानी गर्नका लागि राष्ट्र बैंकले सिसिडी रेसियो हटाउनु पर्ने माग बैंकहरुले गरेको पूर्व गभर्नर क्षेत्रीको भनाई छ । ‘सिसिडी रेसियो हटायो भने बैंकहरुले अनुपात्दक क्षेत्रमा लगानी गर्छन’ क्षेत्रीले भने, ‘अनुपात्दक क्षेत्रमा लगानी गरेर बैंकहरुको आफ्नो मात्रै नाफा बढ्छ र सीइअाेहरुले बढी सुविधा पाउँछन् ।’

बैंकहरुको आफ्नो नाफा बढ्ने र सिइयोहरुले थप सेवा सुविधा पाउने स्वार्थकै कारणले पछिल्लो समय बैंकहरुले सिसिडी रेसियो हटाउन माग गरेका क्षेत्रीको भनाई थियो । यदि राष्ट्र बैंकले सिसिडी रेसियो हटाएर मौद्रिक नीति ल्याएमा बैंकहरुले अनुपात्दक क्षेत्रमा लगानी गर्ने र बचतकर्ताले आफुले चाहेको समयमा पैसा पाउन नसक्ने स्थिति आउने क्षेत्रीले बताए ।

उनका अनुसार उत्पादनशील क्षेत्रमा प्रवाह गरिएको कर्जाको ५० प्रतिशतसम्म कर्जा, पुँजी तथा निक्षेप अनुपातमा गणना नगर्ने पहिले कै नीति पुनः लागू गरिनु पर्दछ । यसाे गरे ऋण दिनयोग्य रकममा राहत हुने स‌ंघकाे बुझाई छ । यसाे साेझाे अर्थ के हाे भन्नेबारे उनी केही बाेलेनन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help