किन रातो कार्ड मिल्यो रोनाल्डोलाई

किन रातो कार्ड मिल्यो रोनाल्डोलाई

असोज ४, च्याम्पियन्स लिगको समूह ए अन्तर्गत भ्यालेन्सियाविरुद्धको खेलमा क्रिष्टियानो रोनाल्डो खेलको २९ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् ।

बुधबार राति च्याम्पियन्स लिगमा भएको खेलमा रोनाल्डोले रातो कार्ड पाएसँगै इटालियन क्लब युभेन्ट्स १० खेलाडीमा सिमित बनेको थियो । भ्यालेन्सियाका डिफेन्डर जेइसन मुलिरोलाई उसैको डिबक्समा फउल गरेपछि रोनाल्डोले कपालमा समातेर दुव्र्यबहार गरेका थिए । लगत्तै उनलाई रेफ्रीले रातो कार्ड दिए र उनी मैदानबाट बाहिरिए ।

१० खेलाडीमा सिमित भएसँगै युभेन्ट्स दबावमा आउने निश्चित जस्तै थियो तर, युभेन्ट्सले भ्यालेन्सियालाई २–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

युभेन्ट्सलाई जित दिलाउने क्रममा दुबै गोल मिरालिम पजनिकले गरे । खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै पजनिकले युभेन्ट्सलाई १–० को अग्रता दिलाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.