निर्मला हत्या प्रकरणः पर्दा पछाडिका ‘भीआईपी हत्यारा’ लाई जोगाउने चक्कर

निर्मला हत्या प्रकरणः पर्दा पछाडिका ‘भीआईपी हत्यारा’ लाई जोगाउने चक्कर

असोज ३, बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको को घटनामा आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको अंग प्रहरी आफैं विवादमा तानिएको छ । प्रश्न के उठेको छ भने प्रहरीले अहिलेसम्म के गर्‍यो ?

‘मानसिक सन्तुलन’ गुमाएका व्यक्ति दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर पर्दा पछाडिका ‘भीआईपी हत्यारा’ लाई जोगाउने चक्करमा अनुुसन्धान घुमेको स्थानीयको दाबी थियो । जसलाई बल पुर्‍याउने गरी डीएनए रिपोर्ट पनि आइसकेको छ । र, विष्ट साधारण तारेखमा छुटिसकेका छन् ।

विष्टको डीएनए बलात्कृत बालिका पन्तको ‘भेजिनल स्वाव’ बाट निकालिएको शुक्रकीटसँग मेल नखाएपछि उनलाई छाडिएको बताइएको छ ।

प्रकरणको अनुसन्धानको लागि संगठित अपराध अनुसन्धानको लागि मुलुककै मुख्य निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको थियो । यद्यपि, परिणामले उसकै अनुसन्धानमाथि पनि प्रश्न उठाएको छ । प्रहरीले नियतवश गलत व्यक्तिहरुलाई उठाएर अनुसन्धानका नाममा यातना दिएको पनि दाबी गरिएका छन् ।

sildenafil reviews, purchase zithromax.

घटनाको प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट सुरुमा १२ जना अधिकारी खटिएका थिए । दुई दिनपछि अनुसन्धानका लागि सीआईबीको जघन्य अपराध पिल्लरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीको नेतृत्वमा ३ जनाको टोली पनि कञ्चनपुर पुग्यो ।

तर, त्यहाँ पन्त हत्या प्रकरणलाई लिएर आन्दोलन चर्किसकेको थियो । प्रहरी टोलीलाई एकातिर डांग्री लगाएर आन्दोलनमा जानुपर्ने बाध्यता थियो भने अर्कातिर निर्मलाका हत्यारा खोज्नुपर्ने दायित्व ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.