दोलखामा खोलाले जिप बगाउदा एक जनाको मृत्यू

दोलखामा खोलाले जिप बगाउदा एक जनाको मृत्यू

कल्पना सापकोटा/दोलखा

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ९ स्थित सुन्द्रावति खोलाले जिप बगाउदा एक जनाको मृत्युु भएको छ । गए राति परेको अविरल वर्षाका कारण सिंगटीबाट चरिकोट आउने क्रममा बा.१९ च ४३९० नं.को जिप कार खोलाले बगाउदा दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नं ३ जफेका २४ वर्षिय अनिष पोखरेलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक सेते तमाङले जानकारी दिए ।

उनिसंगै रहेका तामाकोसी ३ जफेकै विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं २ का पवन पौडेल घाईते भएका छन । जिपलाइ खोलाले बगाएर १० मिटर तल पुर्‍याएको थियो । घाइतेकाे च्छाेराेल्पा अस्पताल चरिकोटमा उपचार भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्